निर्णय सच्याउँदिन, बरु भैंसी चराउन जान्छुः राष्ट्रपति

आफ्नै नेतृत्वमा सरकार बनाउने एमालेको अडान – कांग्रेस संसदीय दल एमालेको नेतृत्व मान्ने पक्षमा – सरकार कसरी बन्छ ? कोइरालालाई प्रचण्डको प्रश्न – माओवादी बैठक जारी

प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिको कदमलाई लिएर एनेकपा (माओवादी) ले चौतर्फी विरोध गरिरहेका बेला राष्ट्रपतिले चाहिँ आफनो कदम नसच्याउने बरु फेरि भैंसी चराउन जाने प्रतिक्रिया दिनुभएको छ।

राष्ट्रपति कार्यालयस्रोतका अनुसार बिहीबार आफूलाई भेट्न आउनेहरुसँग उहाँले त्यसो भन्नुभएको हो। भेट्नेमध्येका पत्रकार नवराज न्यौपानेले राष्ट्रपतिलाई उद्धृत गर्दै भन्नुभयो- ‘मेरो गोठमा अझै भैंसी छन्, बरु भैंसी चराउन जान्छु, तर गरिसकेको निर्णय सच्याउँदिन। अदालतले नै संविधान मानेन भने छुट्टै कुरा हो।’
सरकारद्वारा हटाइएका प्रधानसेनापति रुक्मांगद कटवाललाई काम गरिरहन राष्ट्रपतिले पत्रमार्फ निर्देशन दिएपछि विवाद उत्पन्न हुँदै आएको छ। राष्ट्रपति डा. यादव बाल्यकालमा धनुषाको आफनो गाउँमा भैंसी गोठाला हुनुहुन्थ्यो।

उहाँले अहिले आफनो बाल्यकाल सम्झेर बरु राष्ट्रपति पद छोडी भैंसी चराउन जाने तर आफूले गरेको निर्णयनसच्याउने बताउनुभएको हो। माओवादीले राष्ट्रपतिले माफी माग्दै सो निर्णयसच्याउनुपर्ने भनेर सदन र सडकमा आन्दोलन जारी राखेको छ।

यसैबीच माओवादी सरकारबाट बाहिरिएपछि नेकपा (एमाले) सरकारको नेतृत्व गर्न तयार भएको छ। सो पार्टी बिहीबार बसेको स्थायी कमिटीको बैठकले एमाले नेतृत्व गर्न तयार हुने तर सबैको सहमतिमा राष्ट्रिय सरकार बनाउन पहल गर्नुपर्छ भनेको छ। एमालेले राष्ट्रपतिको कदमप्रति भने असहमति जनँएको छ।
स्थायी कमिटीको बैठकमा सरकारले सहमतिविना प्रधानसेनापतिलाई हटाएकोप्रति एमालेको असहमति रहेको तर राष्ट्रपति डा. यादवले पनि जुन प्रक्रिया अपनाउनुभयो त्यो पनि बेठीक भयो भन्ने कुरा उठेको थियो।

बैठकमा छलफल भए पनि राष्ट्रपतिको कदमको विषय सर्वोच्च अदालतमा गइसकेको हुनाले अहिले औपचारिक रूपमा निर्णयगर्ने बेला भएको छैन भन्ने कुरामा एकमत भएको सचिव युवराज ज्ञवालीले जानकारी गराउनुभयो।

आजदेखि प्रँरम्भ हुने केन्द्रीय कमिटीको दोस्रो बैठकको एजेन्डा तयार गर्न बसेको स्थायी कमिटीको बैठकले आफनै नेतृत्वमा सरकार बन्नुपर्ने जनाएको छ। ‘शान्ति प्रक्रियामा सामेल तीन प्रमुख पार्टी माओवादी, एमाले र कांग्रेस हुन्। तीमध्ये दुवै पार्टी सरकारको नेतृत्व गरिसकेका छन्। अब माओवादी आफनै कारणले सरकारबाट बाहिरिएपछिको स्थितिमा स्वयम् नेपाली कांग्रेसको औपचारिक प्रस्ताव आइसकेकाले पनि अब सरकारको नेतृत्व गर्न एमाले तयार हुनुपर्छ’ बैठकको ठहर रहेको थियो।
एमाले सरकारको नेतृत्व गर्न तयार भए पनि कसले नेतृत्व गर्ने भन्ने कुरामा भने पार्टीत्र विवाद छ। पार्टी एउटा पक्ष निर्वाचित पार्टीयक्ष झलनाथ खनालले नेतृत्व गर्नु सबैभन्दा राम्रँ हुने तर्कमा छ भने पार्टी अर्को पक्षले शान्ति प्रक्रियाका तीन नेता गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएकाले पनि नेपालले सरकारको नेतृत्व गर्दा र्सवस्वीकार्य हुने बताएको छ। पार्टीपाध्यक्ष विद्या भण्डारीले माधव नेपालको प्रस्ताव गरिसक्नुभएको छ।

सरकारको नेतृत्व कसले गर्ने भन्नेबारेमा पार्टी छलफल नभएको भन्दै सचिव ज्ञवालीले सरकारको नेतृत्व जसले गर्ने भए पनि विवाद हुनेछैन र जतिबेला आवश्यक पर्छ त्यतिबेला आफूहरुले एक मिनेटमा निर्णयगर्ने स्पष्ट पार्नुभएको छ।

(प्रचण्ड-कोइराला भेट)
यता प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाबीच हिजै भेटवार्ता भएको छ। सो भेटवार्तामा प्रचण्डले राष्ट्रपतिले चालेको असंवैधानिक कदमले नागरिक सर्वोच्चतालाई चुनौती दिएकाले सो निर्णयनसच्याएसम्म नयाँ सरकार कसरी बन्न सक्छ भनी प्रश्न गर्नुभएको थियो।
आफनो पार्टी भक्तपुरको बोडेमा प्रारम्भ भएको पोलिटब्युरो बैठकमा नेताहरुले संसद् र सडकबाट संर्घष्ाको आँधीबेहरी सिर्जना गर्नुपर्छ र राष्ट्रपति डा. रामवरण यादवले हुकुमी शैलीमा चालेको कदम फिर्ता गराएरै छोड्नुपर्छ भन्ने धारणा राखेको उल्लेख गर्दै पार्टीयक्ष एवम् प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको कदम सच्याउन कांग्रेसको पनि सहयोगको अपेक्षा गर्नुभएको छ।

भेटघाटमा सहभागीहरुका अनुसार कांग्रेस सभापति कोइरालाले पनि प्रधानसेनापतिलाई हटाउने निर्णयगलत नै हो भन्नुभएको थियो। सभापति कोइरालाले अब एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ त्यसमा तपाईंहरु पनि सहभागी हुनुस् भनी आग्रह गर्नुभएको तर प्रधानमन्त्री प्रचण्डले विचार गरौंला मात्र भन्नुभएको बताइएको छ। माओवादी बैठक भने केही लम्बिन सक्ने सो पार्टी प्रवक्ता दीनानाथ शर्माले बताउनुभएको छ।

नेपाली कांग्रेसका नेता एवम् पूवगृहमन्त्री कृष्णप्रसाद सिटौलाले एमालेको नेतृत्वमा सरकार बने कांग्रेसलगायत अरू पार्टीनि सरकारका सहभागी हुन्छन्, तर फेरि पनि माओवादीको नेतृत्वमा सरकार बने कांग्रेस सहभागी नहुने स्पष्ट पार्नुभएको छ। सभापति कोइरालानिकट मानिनुहुने नेता सिटौलाले रिपोर्र्टर्स क्लबमा बोल्दै माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना नभएको दाबी गर्नुभएको छ। उहाँले राष्ट्रपतिले सरकारको निर्णयवरुद्ध कदम नचालेको भए देश ठूलो दुघटनामा जाने थियो भन्दै राष्ट्रपतिको कदम असंवैधानिक नभएको दाबी पनि गर्नुभएको छ।

उता बिहीबार बसेको कांग्रेस संसदीय दलको बैठकले एमालेको नेतृत्वमा नयाँ सरकार निर्माण गरिनुपर्ने निष्कर्षनिकालेको छ। बिहीबार सिहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले एकीकृत नेकपा (माओवादी)ले सरकारको नेतृत्व गर्ने नैतिकता गुमाएकाले एमालेको नेतृत्वमा सरकार गठन हुनुपर्ने निष्कर्षनिकालेको बैठकपछि कांग्रेस महामन्त्री विमलेन्द्र निधीले जानकारी दिनुभयो।

निधीका अनुसार बैठकले माओवादी नेतृत्वको सरकारले प्रधानसेनापतिलाई हटाएको विषयमा राष्ट्रपति डा.रामवरण यादवले चालेको कदमले नागरिक सर्वोच्चता कायम गर्न सहयोग पुर्याएकाले उक्त कदमको स्वागत गरेको छ। यसैगरी माओवादी अध्यक्षसमेत रहेका वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’को र्सार्वजनिक भिडियोले सो पार्टी र्सवसत्तावाद लाद्ने उद्देश्य प्रस्ट भएको भन्दै कांग्रेसले माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माण कार्यमा बाधा उत्पन्न गर्न सक्ने भएकाले उसको नेतृत्वमा सरकार बन्न नहुने समेत ठहर गरेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: