प्रचण्डको विवादास्पद भिडियोबारे अन्मीनको गम्भिर ध्यान आकर्षण

नेपालका लागि राष्ट्रसंघीय नियोग अन्मीनकी प्रमुख करीन लाङ्ग्रेनले झण्डै डेढ वर्ष अघि माओवादी अध्यक्ष प्रचण्डले सेना समायोजनका बारे बोलेका विवादास्पद भनाईका संबन्धमा गम्भिर ध्यान आकर्षण भएको र प्रचण्डसंग कुरा गर्ने बताएकी प्राप्त समाचार मा जनाइएको छ।
मंगलबार विभिन्न सन्चारमाध्यमहरुद्वारा सार्वजनिक गरिएको एउटा श्रव्यदृश्य रेकर्डमा प्रचण्डले आफ्ना वास्तविक लडाकुहरुको संख्या निकै कम भएको जनाएका थिए।

तर त्यसको एकदिनपछि आयोजित एक पत्रकार सम्मेलनमा कामचलाउ प्रधानमन्त्री प्रचण्डले आफुले सो कुरा संविधानसभाको चुनाव अघि अर्कै सन्दर्भमा बोलेकाले त्यो अहिले प्रासंगिक नभएको बताएका थिए।

अन्मीनकी प्रमुख करीन लाङ्ग्रेनले सो भिडियोले नेपालमा विष्फोटक असर पारेको बताईन्।

तर उनले भनिन्, म भर्खरै न्यूयोर्कबाट फर्केकीले मैले त्यो भिडियो आफै हेर्नेछु। म प्रधानमन्त्रीसंग भेट गर्ने अपेक्षा पनि गर्दछु।

करीन लाङ्ग्रेनले सो भिडियोबारे छलफल गर्न जरुरी भएको भन्दै माओवादी सेनाको संख्यासंबन्धी विवाद भने नयां नभएको बताईन्।

उनले भनिन्, जहांसम्म प्रमाणीकरणको कुरा छ, पूर्व माओवादी लडाकुहरुको दर्ता र प्रमाणीकरण झण्डै छ महिना लगाएर गरिएको थियो। त्यसबेला द्वन्द्वका दुबैपट्टिका पक्षहरु रहेका संयुक्त अनुगमन संयोजन समितिले छलफल गरेर प्रमाणीकरणको ढांचामा सहमति जनाएको थियो।

उनले भनिन्, संबन्धित पक्षहरुले जे गर्न भनेका थिए, त्यसबेला अन्मीनले त्यही गरेको थियो।

चिन्ता

अन्मीनको नेपालस्थित कार्यालयकी प्रमुख करीन लाङ्ग्रेनले नेपालमा जारी शान्ति प्रकृयामा अहिले अप्ठेरो समय रहेको स्वीकारिन्।

उनले भनिन्, अहिलेलाई सबै कुरा ठप्प भएको छ र विभिन्न वार्ताकारहरुबीच आवश्यक विश्वासको आधारमा फेरि अघि बढ्न एउटा चुनौती हुनेछ।

करीन लाङ्ग्रेनले नेपाल सरकारले आफु शान्तिप्रकृयाबाट नअलग्गिने जानकारी सुरक्षा परिषद्लाई दिएको पनि जनाइन्।

तर उनले भनिन्, महत्वपूर्ण कुरा के हो भने सबै पक्षहरुलाई शान्ति प्रकृया नबिथोल्न आग्रह तथा स्मरण गराइनुपर्छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: