भिडियोमा बोलेका कुरा सत्य, अहिले असान्दर्भिक

प्रधानमन्त्री तथा एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले विभिन्न सञ्चार माध्यमबाट प्रकाशित भिडियोमा बोलेका कुरा सत्य भएपनि अहिले सान्दर्भिक नभएको बताउनुभएको छ । उहाँले आफ्नो गोप्य भिडियो सार्वजनिकपछि माओवादीलाइ अझ फाइदा पुगेको बताउनुभयो ।

प्रधानमन्त्रीले अवको सरकार पनि माओवादीकै नेतृत्वमा बन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । उहाँले राष्ट्रपतिले चालेको कदम फिर्ता नभएसम्म आन्दोलन चलिरहने बताउँदै सदन अवरुद्ध गर्न संसदबादी दलहरुले नै सिकाएको बताउनुभयो ।

माओवादी संविधानसभा दलको कार्यालय सिंहदरवारमा पत्रकार सम्मेलन गरेर उहाँले संविधानसभा चुनाव हुने या नहुने भन्ने बारे अन्यौल भइरहको बेला कार्यकर्ताहरुसँग त्यस्तो कुरा गर्नु अस्वभाविक नभएको दावी गर्नुभयो ।

उहाँले माओवादी स्वाधिनता, लोकतन्त्र र अग्रगामी परिवर्तनको पक्षमा रहेको भन्दै सार्बजनिक गरिएको भिडियो टेप अहिले सान्दर्भिक नभएकाले भ्रममा नपर्न आग्रह पनि गर्नुभयो ।

उहाँले भिडियो टेपका बारेमा चर्चा गर्नु पहिले माओवादीको सैन्य संरचनको बारेमा बुझ्न पत्रकारहरुसँग आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो- त्यतिखेर हामीसँग केन्द्रीय, क्षेत्रिय र मिलिसिया गरि एकलाख भन्दा बढि आर्मी थिए ।

उहाँले माओवादीले अरु दलका कार्यकर्ताहरुलाई गाउँ छोड्न उर्दी जारी नगरेको स्पष्ट पार्दै यदी त्यसो गरिएको भए तत्काल कारबाही गर्ने बताउनुभयो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: