प्रचण्डको भिडियो टेप पहिले राष्ट्रपतिसमक्ष पुगेको खुलासा

डेढ वर्षघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफना लडाकूहरूलाई दिएको प्रशिक्षण भिडियो उपलब्ध रहेकोबारे नेपाली सेनाका प्रधानसेनापति रुक्मांगद कटवाललाई स्पष्टीकरण सोध्नासाथ राष्ट्रपति डा. रामवरण यादवलाई जानकारी गराइएको खुलासा भएको छ।

सञ्चारमाध्यममा सो भिडियो टेप जानुअघि अर्थात् सरकारले प्रधानसेनापति कटवाललाई कारबाही गर्नुभन्दा अघि नै राष्ट्रपति डा. यादवलाई जानकारी गराइएको राष्ट्रपति कार्यालयको उच्चस्रोतले जनाएको छ। प्रधानसेनापति कटवालको अवकाश तत्काल रोक्न राष्ट्रपति डा. यादवलाई माइन्ड मेकअप गराउन सो भिडियो टेप उपलब्ध गराइएको सैनिक मुख्यालयस्रोतले पनि पुष्टि गरेको छ।

सैनिक मुख्यालयस्रोतका अनुसार राष्ट्रपतिलाई जानकारी गराउने/नगराउने भन्नेबारेमा जर्नेलहरूबीच छलफल पनि भएको थियो। छलफलपछि नेपाली सेनाले आफूले जानकारी पाएको महत्त्वपूण विषय परमाधिपतिलाई जानकारी गराउनु राम्रो हुन्छ भन्ने निष्कर्षा पुगेपछि भिडियो टेप उपलब्ध गराइएको हो।
सो भिडियो टेपबारे नेपाल समाचारपत्रले जिज्ञासा राख्दा राष्ट्रपति डा. यादवलाई सञ्चारमाध्यमबाट बाहिर आएपछि मात्र जानकारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताउनुभएको छ। प्रेस सल्लाहकार दाहालले बुधबार मात्रै पनि राष्ट्रपतिले जिज्ञासा राख्दै हुनुहुन्थ्यो, त्यसैले पनि पहिले नै जानकारी नभएको हुनुपर्छ भन्ने दाबी गर्नुभएको छ।

सोही भिडियो प्रकरणका सम्बन्धमा प्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले राष्ट्रपतिको असंवैधानिक कदमको विरोध गर्दै नागरिक सर्वोच्चताको पक्षमा दृढ अडानका साथ आन्दोलनका कार्यक्रमहरू अघि बढाएपछि अत्तालिएका राष्ट्रिय आत्मर्समर्पणवादी, प्रतिक्रान्तिकारी एवम् यथास्थितिवादी शक्तिहरूले आफूले डेढ वर्षघि आफना कार्यकर्ताहरूका बीचमा तत्कालीन परिस्थितिमा दिएको प्रशिक्षणको एउटा भिडियो टेपलाई आफनो सर्वोच्चता कायम राख्ने योजना एवम् असंवैधानिक कदमबाट ध्यान विचलित गर्न आफूहरूका विरुद्ध भ्रम र्छन प्रायोजित रूपमा प्रचार गरिरहेको बताउनुभएको छ।

अध्यक्ष प्रचण्डले तत्कालीन स्थितिमा संविधानसभाको निर्वाचन हुने हो वा होइन भन्ने आशंकापूण स्थिति विद्यमान रहिरहेको र अझ संविधानसभाको चुनाव नै नगर्ने षड्यन्त्र नै प्रबल बन्न गएको त होइन भन्ने स्थिति अनुभूत हुन गएको अवस्थामा आफूले कार्यकतर्समक्ष उक्त कुराहरू राखेको स्पष्ट पार्नुभएको छ।
उहाँले सरकारले नेपाली सेनाका कटवाललाई दिएको अवकाश नागरिक सर्वोच्चताका निमित्त चालिएको ऐतिहासिक कदम हो तर दुभाग्य राष्ट्रपतिबाट यो ऐतिहासिक कदमको पक्षमा सहयोग गर्नुको सट्टा संविधान र कानुनी शासनको मर्म र भावनालाई मिच्दै हुकुमी शैलीका जंगी अड्डामा पत्र पठाएर द्वैधसत्ताको स्थिति उत्पन्न गरेपछि त्यसका विरुद्ध संर्घष् गर्न आफूले नेतृत्व गरेको मन्त्रिमण्डलबाट राजीनामा दिनुपरेको यथार्थ पनि स्पष्ट नै छ भन्नुभएको छ।

अध्यक्ष् प्रचण्डले कुनै पनि सुनियोजित दुष्प्रचार र उत्तेजनाले आफूहरूलाई शान्ति र नयाँ संविधान निर्माण प्रक्रियाबाट विचलित गराउन सक्नेछैन भन्दै कुनै पनि भ्रमबाट मुक्त भई शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन तथा संविधानसभाबाट अग्रगामी नयाँ संविधान निर्माण गर्न एकताबद्ध भएर अघि बढ्नुपर्छ र त्यस दिशामा अघि बढ्न राष्ट्रपतिबाट चालिएको असंवैधानिक कदम तत्काल फिर्ता गर्राई नागरिक सर्वोच्चता कायम गर्नु अहिलेको तत्कालको प्राथमिक आवश्यकता बन्न गएको स्पष्ट पार्नुभएको छ।

राष्ट्रिय अन्तर्राट्रय पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको पत्रकार सम्मेलनमा अध्यक्ष् प्रचण्डले सहमति र सहकार्य हुन सकेमा फेरि पनि माओवादीकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ। आफनो पार्टी लोकतन्त्रप्रति दृढ रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले मिलिसियालगायतलाई पनि जनमुक्ति सेनाको रूपमा शिविरमा लगेको भए करिब १ लाख हुन्थे तर आफूहरूले त्यसो नगरेको बताउनुभएको छ।

प्रधानमन्त्रीबाट राजीनामा दिएपछि अन्य पार्टी कार्यकर्तालाई कुनैकुनै जिल्लामा माओवादीले जिल्ला छोड्न दिएको आदेशका बारेमा सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले त्यो पार्टी नीतिविपरीत भएकाले आफूले सम्बन्धित इन्चार्जलाई सो कार्य तत्काल रोक्न निर्देशन दिइसकेको जानकारी गराउनुभएको छ। उहाँले शान्ति सम्झौता, अन्तरिम संविधानविपरीत पार्टी कुनै पनि निकायले कदम चालेमा कारबाही गरिने स्पष्ट पार्दै राष्ट्रपतिको असंवैधानिक कदमविरुद्धको आन्दोलन शान्तिपूण् हुने, भौतिक कारबाही गर्ने खालको नहुने स्पष्ट पार्नुभएको छ।

यता बुधबारै अध्यक्ष प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालबीच भेटवात भएको छ। अध्यक्ष खनालकै निवास डल्लुमा भएको भेटमा राष्ट्रिय सहमतिको सरकार बनाउने कुरामा छलफल भएको थियो । तर त्यसका लागि राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनुपर्छ र एमालेले पनि सोहीअनुसारको भूमिका निर्वाह गर्नुपर्ने धारणा अध्यक्ष प्रचण्डले राख्नुभएको छ। भेटवार्तामा अध्यक्ष खनालले फेरि पनि संविधानसभाको ठूलो दलको हैसियतले माओवादीकै नेतृत्वमा सरकार बन्दा राम्रो हुने विचार राख्नुभएको बताइएको छ। उहाँले माओवादीविनाको सरकार बनाउनु शान्ति प्रक्रियालाई निष्कर्षा पुर्याउने र संविधान निर्माणको कामलाई निर्धारित समयमै पूरा गर्न असहयोगी हुने भनी प्रस्ट पार्नुभएको छ। अध्यक्ष प्रचण्डले नेपाली सेनाका कटवाल कारबाही प्रकरणमा भने एमालेको भूमिकाप्रति असन्तुष्टि राख्नुभएको थियो।

नयाँ सरकार बनाउन दलहरूबीच कुराकानी भइरहे पनि कुनै सहमतिको सम्भावना देखिएको छैन। माओवादीले राष्ट्रपति कदम नसच्याए संसद् र सडक संर्घष् एकसाथ लैजाने निर्ण्र्गरेको छ। र सोहीअनुसार बुधबार पनि संसद् अवरुद्ध गरेको छ। कहिलेसम्म संसद् अवरुद्ध गर्ने भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले संसद् अवरुद्ध गर्न सिकाएकै संसद्वादी दलहरूबाट हो र हिजोसम्म झन्डै एक महिना संसद्लाई दलले संसद् अवरुद्ध गरे भन्दै उनीहरूले महिनौंसम्म अवरुद्ध गर्दा विषय नबन्ने माओवादीले नागरिक सर्वोच्चताका लागि अवरुद्धको प्रारम्भ मात्रै गर्दा विषय बनाउने भनी प्रश्न गर्नुभएको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले भने संसद्बाट निर्वाचित प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएँ भन्ने तर संसद्लाई राजीनामाको जानकारी गराउन नदिएर सत्ता कब्जा गर्न खोजेको आरोप लगाउनुभएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: