राष्ट्रपतिलाई कारण देखाउ आदेश

प्रधानसेनाति रुक्मांगद कटवाललाई पदमा बहाल रहन निर्देशन दिनुको कारण पेश गर्न सर्वोच्च अदालतले राष्ट्रपतिलाई आदेश दिएको छ । सरकारको निर्णयबिरुद्ध राष्ट्रपतिले असंवैधानिक कदम चालेको दाबी गर्दै दायर रिटको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश बलराम केसीको इजलासले यस्तो आदेश दिएको हो ।’निवेदकको माग बमोजिम अन्तरिम आदेश किन जारी हुन नपर्ने हो त्यो समेत खुलाइ दश दिन भित्र लिखित जवाफ पेश गर्नु- आदेशमा भनिएको छ । लिखित जवाफ परेपछि मुद्दालाई अग्राधिकार दिएर पेशीमा राख्न भनिएको छ । राष्ट्रपतिको हकमा उनको सचिवालयलबाट लिखित जवाफ झिकाउने आदेश भएको छ । रिटमा विपक्षी बनाइएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सेनापति कटवाल लगायतलाई पनि लिखित जवाफ पेश गर्न आदेश दिइएको छ । सरकारले बर्खास्त गरेका सेनापति कटवाललाई पदमा यथावत रहन राष्ट्रपतिले दिएको निर्देशन असंवैधानिक भएको दाबी गर्दै सोमबार सर्वोच्चमा रिट दायर भएको थियो । साथै राष्ट्रपतिको असंवैधानिक कदम सच्चाउन माग गर्दै एकीकृत नेकपा माओवादीका सभासदले नारावाजी गरेपछि ब्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । बैठक सुरु भए लगत्तै सभामुख सुवास नेम्वाङसँग समय मागेर माओवादी संविधानसभा दलका उपनेता नारायणकाजी श्रेष्ठले राष्ट्रपतिको कदम फिर्ता नभएसम्म सदन संचालन हुन नदिने बताउनुभयो । उहाँले राष्ट्रपतिको कदम फिर्ता नभएसम्म नयाँ सरकारको गठन हुन नसक्ने दाबी गर्नुभयो ।यही अवस्थामा सरकार गठन भए सैनिक सर्वोच्चता कायम हुने भन्दै जनदवाव श्रृजना गराएर भएपनि राष्ट्रपतिको कदम फिर्ता गराउने श्रेष्ठले दावी गर्नुभयो ।
माओवादी सभासदको नारावजीपछि सदनको कारवाही बुधवार अपरान्हसम्मका लागि स्थगित भएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: