प्रचन्ड स्क्यान्डल

यस्तो रहेछ प्रचन्डको देशभक्ती बिचार र नेपाल नै परिवर्तन गर्ने प्रचन्डपथ   

अनि भन्नुस् यस्तो बिचारको लागि ताली पड्काउ कि गाली फर्काऊ?

संविधान सभाको चुनाव हुनुअघि माओवादी अध्यक्ष एवमं जनमुक्ति सेना तत्कालीन सुप्रिम कमान्डर प्रचण्डले १६ महिना अघि पार्टीको आन्तरिक प्रशिक्षणमा गरेको भाषणको भिडियोले अहिले देशलाई तरंगित बनाइरहेको छ। भिडियोमा प्रचण्डले बोलेका केही कुरा अहिलेसम्म गोप्य रहेका विषय थिए। सात आठ हजार मात्र वास्तविक सेना भएको तर राष्ट्रसंघीय प्रमाणिकरणमा २१ हजार पुर्‍याएको उनले खुलासा गरेका छन्। यसले संयुक्त राष्ट्र संघको नेपाल मिसन (अन्मिन) समेत विवादमा तानिने पक्का छ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा घोषणा गरेको केही घण्टापछि सोमबार राति इमेज च्यानलले एक्सक्लुसिभ भन्दै यो भिडियो प्रसारण गरेको थियो। देश संकट र अन्यौलको अवस्थामा रहेको बेला देशवासीका नाममा सम्बोधन गरी अप्रत्याशित रुपमा राजीनामा घोषणा गरेपछि प्रचण्डको उचाइ सर्वसाधारणमाझ बढेको थियो। उनले सम्बोधनमा शब्द पनि त्यस्तै प्रयोग गरेका थिए- हामी विदेशी प्रभुका सामु झुक्दैनौ, कुर्सीका लागि विदेशीको मुख ताक्ने स्थितिको अन्त्य भइसकेको देखाउन चाहन्छौँ। अनि हाम्ले त्यति धेरै सिट ल्याएर चुनाव जित्दा नि हामीलाई सरकार बनाउन नदिएर गिरिजाले चार चार महिनासम्म राजीनामा नदिएर कुर्सीमा टाँसेर बस्यो, मैले त संकट आउनासाथ नैतिकताका कारण खुरुक्क राजीनामा दिएँ भन्ने शैलिमा नैतिकवान नेताका रुपमा नायकको छवि जनतामाझ बनेको थियो।

ध्यान दिएर विश्लेषण गर्ने हो भने माओवादी र उसको विरोधी दुवै पक्ष अब युद्धमा उत्रिएको देखिन्छ। अहिलेलाई यो युद्ध प्रोपागन्डा युद्धमा सीमित छ। अब यस्तै हुने हो भने वास्तविक युद्धमा नै परिणत हुन बेर लाउँदैन। दुवै पक्ष रणनीति बनाएर योजनावद्ध रुपमा नै लागेको देखिन्छ। कटवाललाई हटाउन नसके सत्ता छाड्छु भनेर माओवादीले त्यसै भनेका थिएनन्। भारतले विरोध गर्दागर्दै कटवाललाई हटाउँदा सत्ता छाड्नु पर्ने स्थिति आउन सक्छ भनेर नसोच्ने लाटा प्रचण्ड पक्कै पनि छैनन्। सत्ता छाडेपछि के गर्ने भन्ने पूरै रणनीति बनाएर मात्र उनीहरुले राजीनामा दिएका हुन्। अर्को पक्ष पनि योजनावद्ध रुपमा नै लागेको हो। नत्र १६ महिनाअघि जति बेला प्रचण्ड विद्रोही नेताबाट शान्ति प्रक्रियामा आएको नेतामात्र थिए, र जसले पार्टीको आन्तरिक प्रशिक्षणमा भाषण गरिरहेका थिए, त्यो भिडियो एकाएक उनको राजीनामा कै दिन सार्वजनिक हुने थिएन। एक दिन अघि वा एक दिनपछि पनि हैन, त्यो भिडियो सोही दिन प्रसारण भएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: