प्रधानमन्त्री प्रचन्डद्वारा राजिनामा,देश जटिल परिस्थितीतर्फ

from bhutanese blog by prakash

नेपालका प्रधानमन्त्रीद्वारा राजिनामा,माओबादी सडक र सन्सद दुबै ठप्प पर्ने,एमाले सरकार चलाऊन तयार साथै कांग्रेसमा खुशीयाली । गिरिजाप्रसादलाई आफ्नो जित भएको महसुस। हो नेपालमा यस्तै हुँदै छ । हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डले राजिनामा दिएका छन। हिजो नै नागरिकका लागि दिएको सन्देशमा उनले असंवैधानिक किसिमले सिर्जना गरिएको द्वेध सत्ता निराकरण गर्न र खतरामा परेको लोकतन्त्रको रक्षाका लागि राजिनामा दिएको बताए। दाहालको राजीनमालाई अन्य दलहरुले अनपेक्ष्यित भनेका छन भने कांग्रेसले मन्दमुस्कान छाडेको छ ।
प्रधानसेनापतीलाई हिजो अन्य दलहरुसँग सहमती हुन नसक्दा माओवादीको सरकार एक्लैले अवकास दिएको थियो भने हिजो नै सडकमा खुशीयली र बिरोधको चर्को नाराबाजी भएको थियो। अन्तत राष्ट्रपती राम बरण यधवले कही पनि नभएको अधिकार प्रयोग गरेर सेनापतीलाई आफ्नो पदमा नै रहन पत्र पठाएका थिए भने त्यसको बोदार्थ प्रधानमन्त्रीलाई बुझाएका थिए। राष्ट्रपति रामवरण यादवले सेनाको सङ्गठन र जनमानसमा देखिएको अन्योलको तत्काल समाधान गर्न आफूले कदम चालेको बताए पनि उनले बाहिरी सक्तीको भरमा परेर हुँदै नभएको अधिकार प्रयोग गरेका छन।
उता सरकारको साथ् दिदै आएको फोरम र एमालेले माओबादी सरकारलाई दिएको धोकाले कस्तो बिपत्ती ल्याउने हो भन्ने अड्कल नै नकाटी सरकार बनाउन तयार भएका छन। हालमा कांग्रेसले आफुबाट सरकार बनाउ भन्दा चुनाबमा हारेको र नसुहाउने हुँदा अर्को हारेकै पार्टी एमालेलाई सरकार बनाउन सहयोग गरेको छ।
सडकमा माओवादी कार्यकरर्तहरुले प्रदर्सन सुरु गरेका छन। नेपाल एक भयानक दिशा तर्फा उन्मुख भएको छ। जननिर्वाचित सरकारको नाममा सहमति बिना एकलौटी रुपमा प्रधानसेनापतिलाई अवकाश दिने निर्णय गरेर माओवादी नेतृत्वको सरकारले गल्ती गरेको त थियो नै, सेरेमोनियल राष्ट्रपतिले एउटा पत्रको भरमा सरकारको निर्णय उल्ट्याएर अर्को गल्ती गरे। दुवैको गल्तीले देशलाई एउटा जटिल जञ्जालमा फँसायो र शान्ति प्रक्रिया नै संकटमा पार्‍यो। बल्लतल्ल नेपाल युधबाट हल्का निकास पाएको थियो अब फेरी युध तर्फ नै होमिन पुगेको छ। कांग्रेसले अन्य दलहरुलाई बोलाएर सरकार बनाउन बैठक गरेको छ भने माओवादीले कट्वललाई नहटाए सम्म सडक र सन्सद चल्न नदिने भनेको छ।
नेपालको बारेमा हरेक टिकाटिप्मणी गर्ने भारतले हालमा आएर यो नेपालको आफ्नै मामिला हो भनेको छ।
उता माओबादी भन्दा अघी नै नागरिक समाजले राष्ट्रपतीको चर्को बिरोध गर्ने भएको छ।राष्टपतिको कदमले प्रतिगमनलाई पुन भित्राउने र शान्ति प्रकृयालाई निष्कर्षमा पुर्याउन नदिने ठहर गर्दै त्यसको विरोधमा उत्रन सबैलाई आब्हान गरेको छ । आन्दोलनको शुरुवात गर्दै भोली मंगलवार नागरिक समाजले राष्टपति कार्यालय सितल निवासमा धर्ना दिने भएको छ । जननिर्वाचित कार्यकारी अधिकारसम्पन्न सरकारको प्रधानसेनापति रुक्माङ्द कटवाललाई अवकास दिने निर्णयलाई उल्टाउने गरी गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवद्वारा वर्तमान अन्तरिम संविधानले परिकल्पना नै नगरेको कथित अधिकार प्रयोग गरी मध्य रातमा निज कटवाललाई सेनापतिमा कायम नै रहन दिएको निर्देशलाई लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन भत्र्सना गर्दछ भनी भनेको छ।
यस्तो स्थितीमा शान्ति प्रकृया भङग पार्न प्रमुख भूमिका खेल्ने कांग्रेसले आफुले ल्याएको यस्तो स्थितीलाई कसरी समाधान गर्ने हो भन्ने कुरा सोच्नु पर्दछ। साथै सम्पूर्ण नेपाली जनताले यस्तो स्थितीमा देशलाई युध तर्फ जान नदिन भर्पुर सहयोग गर्नु आवश्यक छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: