जनगणतन्त्र जनआन्दोलन सुरु

जनगणतन्त्रका लागि तेस्रो जनआन्दोलन सुरु

राष्ट्रपति डा. रामवरण यादवले रुकमाङ्गद कटवाललाई कार्यभार सम्हाल्न दिएको निर्णयविरुद्ध एनेकपा (माओवादी)ले आज उपत्यकाका विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्‍यो ।माओवादीले सो विरोध जुलुसलाई अब तेस्रो जनआन्दोलनका रुपमा विकास गर्ने बताएको छ । उपत्यकाका गङ्गबु,कलङ्की, बालाजु, चाबहिल, वसन्तपुरलगायतका ठाउँबाट निस्किएको जुलुस खुलामञ्चमा पुगेर सभामा परिणत भएको थियो । सो सभामा एनेकपा (माओवादी)का पोलिटब्युरो सदस्य एवम् नेवा राज्य समितिका इन्चार्ज हितमान शाक्यले राष्ट्रपति यादव नयाँ ज्ञानेन्द्रका रुपमा आएको र उहाँले असंवैधानिक कदम चालेर नागरिक सर्वोच्चता, संविधान, लोकतन्त्र, शान्ति प्रक्रियालाई चुनौती दिने काम गरको आरोप लगाउनुभयो । माओवादी नेता लीलामणि पोखरेलले माओवादीबाहेक राष्ट्रपति र सम्पूर्ण दल विदेशीको सामु झुकेको आरोप लगाउँदै अब उनीहरुको हालत ज्ञानेन्द्रभन्दा पनि खतम हुने दावी गर्नुभयो । उहाँले माओवादीले जनगणतन्त्रका लागि तेस्रो जनआन्दोलन सुरु गरिसकेको र सो आन्दोलनले एक वर्षभत्रै जनगणतन्त्र स्थापना गरेरै छाड्ने ठोकुवा गर्नुभयो । माओवादी नेत्री सभासद् दामा शर्माले संसदवादी दलको उक्साहटमा लागेका राष्ट्रपति यादवको स्थिति ज्ञानेन्द्रको भन्दा फरक नहुने दावी गर्नुभयो । अखिल (क्रान्तिकारी)का महासचिव हिमाल शर्माले आफूहरुले जनगणन्त्र स्थापना नभएसम्म आन्दोलन नरोक्ने बताउनुभयो । सभामा जनकवि भोला बरालले कविता र गीतबाट राष्ट्रपति यादव र दलहरुको आलोचना गर्नुभयो । माओवादीले मङ्गलबार अपराहृन शान्तिबाटिकामा सभा गर्ने बताएको छ 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: