राष्ट्रपतिको निर्णयको कुनै तुक छैनः प्रधानमन्त्री

काठमाडौँ, वैशाख २० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति डा. रामवरण यादवको निर्णयको कुनै तुक नभएको बताउनुभएको छ ।

सञ्चारमाध्यममा राष्ट्रपति डा. यादवले प्रधानसेनापतिका रूपमा काम गर्दै गर्नु भन्ने आशयको रुक्माङ्गत कटवाललाई दिनुभएको पत्र प्रेषित भएको सन्दर्भमा आइतबार अबेर राति ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीलाई उल्लेख गर्दै उहाँका प्रेस सल्लाहकार ओम शर्माले गोरखापत्रलाई यस्तो जानकारी दिनुभएको हो ।

प्रधानमन्त्री कार्यालयमा पत्र आएको छैन, यसो हो भने ‘राष्ट्रपतिको यो घोर असंवैधानिक, घोर अप्रजातान्त्रिक कदम हो । यसको कुनै अर्थ छैन’- प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै उहाँले बताउनुभयो ।

सल्लाहकार शर्माले प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै भन्नुभयो- जननिर्वाचित सरकारले जे निर्णय गर्छ त्यसको सबैले पालना गर्नुपर्छ । सरकारको आदेशविपरीत भड्काउने काम कसैले गर्नुहुन्न, गरे यसको कुनै तुक छैन, यसले कुनै अर्थ राख्दैन ।

सञ्चारमाध्यमहरूका अनुसार १८ दलले आइतबार मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति कटवाललाई अवकाश दिन गरेको निर्णय अमान्य गर्न माग गरेपछि राष्ट्रपतिले अबेर राति यस्तो पत्र पठाउनुभएको समाचार आएका सन्दर्भमा प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो ।

यता राष्ट्रपतिले सैनिक मुख्यालयलाई पठाउनुभएको पत्रको सम्बन्धमा जानकारी माग्न खोज्दा कैयौँपटक प्रयास गर्दा पनि सम्बन्धित पदाधिकारीसँग सम्पर्क हुन सकेन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: