बुझेनन् खड्काले राष्ट्रपतिको पत्र

काठमाडौं। नेपाली सेनाको पीएसओ बैठकको निर्णय बमोजिम राष्ट्रपति डा रामवरण यादवले रुकमाङगत कटवाललाई नै सेनापतिमा कायम रहि काम गर्न दिएको निर्देशनको पत्र सरकारले मन्त्रिपरिषद्को बैठकले कामु सेनापति बनाएका कुलबहादुर खड्काले बुझ्न मानेन्।
नेपाली सेनाको पीसिओ बैठकमा सेनामा पुरानै चेन अफ कमान्ड राखि काम गर्ने निर्णय भएपछि सोही व्यवहोराको जानकारी दिन कार्यरथी नेपालभूषण चन्द र प्राड विभाग प्रमुख सहायक रथी बीएकुमार शर्मा बलाध्यक्ष कुलबहादुर खड्काले कार्यकक्षमा गएर पत्र बुझाउने कोसिस गरेका थिए।
खड्काले आफूलाई रक्षामन्त्रालयले कामु सेनापति बनाइसकेकाले अरु कुनै पत्र नबुझ्ने बताएका छन्। कटवालद्वारा बोलाइएको पीएसओको बैठकमा खडको उपस्थिति रहेको थिएन।
सेनाका सबै अधिकृतहरुले कटवाललाई राष्ट्रपतिद्वारा प्राप्त पत्रमा सहमति जनाउँदै सबै विभागहरुमा सोही पत्रलाई आधार मानेर परिपत्र गरेको छ।
उता नेकपा माओवादीले भने राष्ट्रपतिको कदमको विरुद्धमा सडक आन्दोलन गर्ने भएको छ। भने अदालतमा पनि जाने भएको छ।
उता आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकले राष्ट्रपतिको कदम असंवैधानिक भनेको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: