स्वाइन फ्लूको प्रभावबारे नयाँ तथ्यांक

मेक्सिकोका स्वास्थ्य मन्त्री होजे एन्ग्हेल कोर्दोभाले देशमा स्वाइन फ्लूको महामारीबाट मर्नेहरूको अनुमानित संख्या १७६ बाट घटाएर १०१ पु-याइएको बताएका छन्।
अहिले सम्म १६ जनाको मृत्युको कारक उक्त रोग भएको पुष्टि भैसकेको छ।

भाईरसको विस्तारलाई कम गर्ने प्रयासमा कराडौं मेक्सिकनहरूलाई घरमै बस्न आग्रह गरिएको छ र सिनेमा, रेष्टुराँ तथा स-साना ब्यापार जस्ता अर्थतन्त्रमा अत्यावश्यक नहुने व्यवसायहरूलाई बन्द गरिएको छ।

सरकारी आग्रहपछि सार्वजनिक विदाको सप्ताहन्त परेको बेलामा करोडौं मेक्सिकनहरू घरमै बसिरहेका छन्।

अधिकांश साना व्यवसायहरू, रेस्टुराँ र बारहरू बन्द भएको बेलामा बाहिर जानुको खासै आकर्षण नभएको देखिएको छ।

मेक्सिकोका स्वास्थ्यमन्त्रीले भने, यो नीतिले काम गरिरहेको छ र यसको अवधिलाई पहिले तोकिएको पाँच दिनबाट अझ बढाउनुपर्ने हुनसक्छ।

कोर्दोभाले भने, हामीले चालेका सबै कदमहरूबारे यही हुन्छ भन्न नसकिएपनि केहि कदमहरू अझ केहि दिनका लागि विस्तार गरिनेछ।

खासगरी भाईरससंगको सम्पर्क र संक्रमणलाई रोक्न चालिएका कदमहरूको म्याद थपिनेछ। मलाई लाग्छ हामीले यो रणनीतिबाट राम्रो परिणाम पाएका छौं।

मेक्सिकोका स्वास्थ्य अधिकारीहरूले उनीहरूको प्रारम्भिक अनुसन्धानबाट स्वाईन फ्लू शुरुमा ठानिएको जस्तो घातक नभएको देखिएको पनि जनाएका छन्।

अस्पतालहरूमा अझै संकलन भैरहेको जानकारीबाट उक्त रोगका कारण देखा परेको मृत्युदर सामान्य रुघाखोकीबाट हुने मृत्युदरसंग सापेक्षित रहेको संकेत देखिएको छ।

स्वास्थ्यमन्त्री कोर्दोभाले भने, पछाडि फर्केर हेर्दा भाईरसको खतरालाई बढाईचढाई गरिएको हुनसक्छ।

तर उनले त्यसबारे अझै पनि धेरै कुरा थाहा नभएकोमा जोड दिए।

ईजिप्ट

यसैबीच ईजिप्टका अधिकारीहरूले स्वाईन फ्लूको रोकथाम गर्ने प्रयास स्वरुप आज तीन लाख भन्दा बढि सुंगुरहरूलाई मार्ने काम शुरु गरेका छन्।

तर यो कदमको व्यपक आलोचना गरिएको छ।

विश्व स्वास्थ्य संगठनले सुंगुरहरुबाट मानिसमा उक्त भाईरस संक्रमण भएको कुनै प्रमाण फेला नपरेको जनाएको छ।

विशेषज्ञहरूले सुंगुरको मासु खाएर स्वाईन फ्लू नसर्ने तथ्यलाई पनि औंल्याएका छन्।

ईजिप्टमा सुंगुर पालन र उपभोग अनुमानित १० प्रतिशत अल्पसंख्यक ईसाईहरूका निम्ति मात्र सीमित छ।

शनिवार हङ्कङ् र दक्षिण कोरियामा पहिलोपल्ट स्वाईन फ्लूको केस फेला परेको थियो भने भारतमा अमेरिकाबाट फर्केका एकजनालाई उक्त रोग सरेको आशंकमा अस्पतालमा छुट्टै राखिएको समाचार छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: