रुक्मङत कटुवाल सेनपती पदबाट निल्लम्बित


काठमाडौं, वैशाख २० – सरकारले प्रधानसेनपति रुक्मांगद कटवाललाई पदमुक्त गरेर दोस्रो बरियता क्रममा रहेका कुलबहादुर खडकालाईकामु प्रधानसेनापतिमा नियुक्त गरेको छ । सेनापतिलाई हटाउने माओवादीले एकल निर्णय गरेको हो । मन्त्रिपरिषदमा सेनापति हटाउने प्रस्ताव लगिएपछि माओवादी बाहेकका मन्त्रीहरुले बैठक बहिष्कार गरेका थिए । मन्त्रिपरिषद् बैठक अघि प्रधानमन्त्रीले सत्तासाझेदार पाँच दलसंग छलफल गेर पनि त्यहा सेनापति हटाउने माओवादी प्रस्तावमा सहमति जुटेको थिएन । 

मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले सैनिक ऐन २०६३ को दफा ११ (३) बमोजिम प्रधानसेनापति कटवाललाई पदमुक्त गरिएको बताए ।

कांग्रेस नेताद्वारा राष्ट्रपति भेट

कांग्रेस कार्यवाहक सभापति शुसिल कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रपति डा. रामबरण यादवसँग भेटेर प्रधानसेनापति हटाउने निर्णयप्रति गम्भीर असहमति जनाएका छन् ।

राष्ट्रपतिसँग भेट गर्न जाने क्रममा कोइरालाले राष्ट्रका लागि यो निर्णय घातक भएको र यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी माओवादीले लिनुपर्ने प्रतिकृया दिए ।

राष्ट्रलाई विभाजित गर्ने निर्णयः महतकांग्रेस नेता डा.रामशरण महतले सेनापति हटाउने निर्णय घोर आपत्तिजनक भएको भन्दै यसले राष्ट्रलाई नै विभाजित पार्ने गम्भीर कार्य गरेको टिप्पणी गरे । उनले माओवादीसँग निर्णय फिर्ताको विकल्प नभएको बताउदै गलत निर्णय मान्नको लागि कांग्रेस बाध्य नभएको बताए ।

संचारकर्मीसँगको कुराकानीमा उनले माओवादीको अधिनायकवादी निर्णयबारे अरु दलसँग छलफल गरेर कांग्रेसले उपयुक्त कदम चाल्ने बताए ।

शान्ति प्रकृया विथोल्ने निर्णयः ज्ञवालीएमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रपतिलाई हटाउने निर्णय अत्यन्तै गलत, हानिकार र शान्ति प्रकृया विथोल्ने प्रबृत्तिको भएको बताउ  । उनले एमालेले पटक- पटक यस्तो निर्णयमा नपुग्न माओवादीलाई आग्रह गरेको र खवरदारी समेत गरेको स्पष्ट पार्दै माओवादीले सारा देशलाई पन्छाएर एकल निर्णय गरेको आरोप लगाए ।

उनले माओवादी निर्णयको गम्भीर राजनीतिक र कानुनी प्रतिवाद हुने चेतावनी दिए । यही अवस्थामा एमाले सरकारमा नवस्ने बताउदै ज्ञवालीले स्थायी कमिटीको बैठक वसेर थप निर्णय गर्ने बताए ।

 

रथी कुलबहादुर खड्काले कायममुकाय प्रधाननसेनापतिको नियुक्ती पत्र बुझेका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई कामु सेनापति नियुक्त गरेको हो । रक्षामन्त्रालयले सेनाको  जंगी अड्डामा प्रधानसेनापति रुक्मांगद कटवाललाई अवकास पत्र पठाए पनि कटवालले यसलाई बुझ्न मानेका छैनन् ।सेनापति अवकास प्रकरण सम्बन्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रसको सिहंदरबारस्थित संसदीय दलको कार्यालयमा माओवादी बाहेक दलको आकस्मिक बैठक बसिरहेको छ । यसै गरी सतारुढ दल एमालेले पार्टी मुख्यालय बल्खुमा स्थायी कमिटीको बैठक बोलाएको छ ।

थप समाचार…समाचार सुन्नको लागि यहाँ क्लिक गर्नु होला

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: