सुर्खेत बन्द मुक्त जिल्ला घोषणा

सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित सर्बपक्षिय भेलाले सुर्खेत जिल्लालाई बन्द मुक्त जिल्ला घोषणा गरेको छ ।
उद्योग वाणिज्य संघ सुर्खेतले आयोजना गरेको सर्वपक्षीय भेलाले बन्द र चक्काजामले व्यापार-व्यवसाय, उद्योग-कलकारखाना, शैक्षिक संस्था, यातायात, जस्ता संवेदनशील क्षेत्रमा असर परेको भन्दै आगामी दिनमा कुनै समूह र राजनीतिक दलहरुबाट बन्द नगर्ने सहमती जनाउंदै सुर्खेतलाई बन्द मुक्त जिल्ला घोषणा गरेका हुन् ।
अनिश्चितकालीन तर्राई बन्द आहृवानकर्ता थरुहटका प्रतिनिधि समेतको सहभागीतामा ‘आर्थिक उन्नति र विकासमा समर्पित बनौं, बन्द हडताल सदाका लागि अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित भेलाले मागहरु पूरा गराउन शान्तिपूर्ण ढङ्गले पहल गर्ने निर्णय समेत गरेको छ ।
 
विभिन्न राजनीतिक दलका जिल्ला स्थित प्रमुख, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख, उद्योगी व्यापारी तथा थरुहट सघर्ष समितिका प्रतिनिधिहरु सहभागि कार्यक्रममा सम्पूर्ण वक्ताहरुले जिल्लालाई बन्द मुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता जाहेर गरे अनुरुप नै कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड समेत दिएका थिए

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: