सेना एलर्टमा

टंक पन्त, (काठमाडौं) कांग्रेस सडक आन्दोलनको तयारीमा दलहरुबीच सहमति भएन दिनभरि अनेक हल्ला। प्रधानसेनापति रुक्मांगद कटवालको कारबाहीसम्बन्धी विवाद समाधान गर्ने उद्देश्यले मंगलबार राजनीतिक दलका नेताहरुबीच दिनभरिजसो एकपक्षीय, दुइपक्षीय र बहुपक्षीय रूपमा बैठकहरु भए पनि कुनै समाधान ननिस्किएपछि राजनीतिक स्थिति थप जटिल र अन्यौलग्रस्त भएको छ। प्रमुख राजनीतिक दलका बैठकहरु निष्कर्षवहीन भएपछि बजारमा अनेकखाले प्रायोजित हल्ला चलेका थिए भने जनता त्रसित देखिएका थिए। उता नेपाली सेनाको मुख्यालयले आफनो संयन्त्रलाई हाइ एलर्ट (उच्च र्सतर्कता)का साथ रहन निर्देशन दिएको छ। नेपाली सेनाको भ्याली पृतनामा मंगलबार केही उच्च सैनिक अधिकारीहरुको बैठक बसेको थियो। प्रधानसेनापति कटवालले आफनानजिकका जर्नेलहरुलाई मात्र बैठकमा आमन्त्रण गर्नुभएको बुझिएको छ। सरकारको नेतृत्व गरिरहेको पार्टीकीकृत नेकपा (माओवादी) ले जुनसुकै मूल्य चुकाउन परे पनि प्रधानसेनापतिलाई कारबाही गरेरै छाड्ने अडान दोहोर्याई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई निर्देशन दिएपछि सेनाले आइतबारसम्म सकल दर्जालाई ब्यारेक नछाड्न निर्देशन दिएकोमा सोमबारदेखि आफनो साथमा रहेको हतियारसहित उच्च र्सतर्कताका साथ रहन निर्देशन दिइएको छ। सैनिक अधिकारीहरुका अनुसार प्रधानसेनापति कटवाल अहिले माओवादीबाहेक देशका प्रमुख दलहरु आफनो पक्षमा उभिएपछि उत्साहित हुनुभएको छ। तर उहाँले जर्नेलहरुको बैठकमा अझै पनि भोलि के हुन्छ भन्न सकिने स्थिति नभएको बताउने गर्नुभएको छ। सोही विषयमा केन्द्रित भएर मंगलबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले देशव्यापी सडक आन्दोलन गर्ने निर्णयगरेको छ। प्रधानसेनापतिको कारबाही नरोकिए अन्य दलहरुसँग परामर्श गरी आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णयकेन्द्रीय कार्यसमितिले गरेको छ। प्रधानमन्त्री प्रचण्ड पनि प्रधानसेनापति कटवाललाई सकेसम्म दलहरुसँग सहमति गरेर नत्र एक्लै भए पनि कारबाही गर्ने तर कसरी गर्ने भनी परामर्शमा व्यस्त रहनुभएको बुझिएको छ। उहाँले कानुनविद्, बुद्धिजीवी तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग सामूहिक र व्यक्तिगत भेटघाटलाई जारी राख्नुभएको छ। महत्त्वपूण भेटघाटमा रहेको भन्दै उहाँले मंगलबार पूवनिर्धारित संवैधानिक परिषद्को बैठकसमेत रद्द गर्नुभएको थियो। प्रधानमन्त्री प्रचण्डले मंगलबार साँझ अबेरसम्म पनि पार्टी वरिष्ठ नेता र मन्त्रीहरुसँग परामर्श गर्नुभएको थियो। त्यसअघि नेकपा (एमाले)को नेतृत्व र नेपाली कांग्रेसको नेतृत्वसँग भेटघाट गरी प्रधानमन्त्री प्रचण्डले नागरिक र्सवोच्चता, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन र सेनासमायोजनका लागि पनि कटवाललाई कारबाही गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभएको थियो। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, माओवादी नेता एवम् मन्त्री डा. बाबुराम भट्टर्राई, नेता नारायणकाजी श्रेष्ठ तथा एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव इश्वर पोख्रेललगायतका नेताहरूबीच छलफल भएको थियो। सो छलफलमा एमालेले आफनो तेस्रो विकल्पसहितको प्रस्तावमा सहमति जुटाउनुपर्ने कुरामा जोड दिएको भए पनि माओवादी नयाँ प्रस्तावप्रति पनि सहमत हुन नसकेको बताइएको छ। त्यसैगरी प्रधानमन्त्री प्रचण्ड, पार्टी नेता प्रकाश एवम् नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, पार्टी नेताहरू शेरबहादुर देउवा, रामचन्द पौडेलबीच पनि लामो छलफल भएको तर कुनै सहमतिको निकास ननिस्केको बताइएको छ। कोइरालानिवासमै भएको भेटघाटमा कांग्रेसले आफनो अदान छोडेन भने प्रधानमन्त्री प्रचण्डले पनि आफू पछि हट्न नसक्ने बताएर फर्किनुभएको थियो। यद्यपि प्रधानमन्त्री प्रचण्डले सहमतिको नजिक पुगेको जानकारी पत्रकारहरूलाई दिनुभएको छ। कांग्रेस नेता पौडेलले भने कुनै सहमतिनजिक नपुगेको बताउनुभयो। सो भेटघाटपछि नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सिंहदरबारमा छलफल भएको थियो। सो छलफल पनि निष्कर्षवहीन बन्न पुग्यो। दुइ दलको बैठकमा एमालेले राखेको तेस्रो मर्यादाक्रममा रहेका छत्रमान गुरुङलाई प्रधानसेनापति बनाउने प्रस्तावप्रति कांग्रेसले सहमति नजनाए पनि प्याकेजमै सहमतिको लागि छलफल गर्न तयार रहेको भनेपछि आज बुधबार एमाले, कांग्रेस र माओवादीबीच छलफल गर्ने निर्णयभएको एमाले महासचिव पोख्रेलले जानकारी गराउनुभयो। आज तीन दलबीच सिंहदरबारमै सहमतिका लागि अन्तिम प्रयत्न गरिने नेताहरूले बताएका छन्। एकीकृत नेकपा (माओवादी) का नेता नारायणकाजी श्रेष्ठले माओवादी कुनै पनि हालतमा कटवाललाई कारबाही गर्ने पक्षमा रहेको बताउनुभएको छ भने पार्टी प्रवक्ता दीनानाथ शर्माले विदेशी चलखेलका कारण स्थिति जटिल बन्दै गएको दाबी गर्नुभयो। प्रवक्ता शर्माले सेनाको नेतृत्वबाहेक सिंगो सेना नागरिक र्सवोच्चताको पक्षमा भएकाले बाहिर आएका अनेक हल्ला प्रायोजित भएको स्पष्ट पार्नुभयो। मंगलबार दिनभरि कू को हल्लासँगै साँझदेखि कफर्यु लाग्ने हल्ला व्यापक रूपमा फैलिएको थियो। जसले गर्दा कतिपय शैक्षिक संस्थाहरूले ३ बजे नै विद्यार्थीहरूलाई बिदा दिए भने अस्पताल, विभिन्न कार्यालयबाट हतारिँदै घर जाने स्थिति पनि देखिएको थियो। नेपाली कांग्रेसले माओवादीले आफनो अधिनायकवाद लाद्न खोजेको भन्दै सडक आन्दोलनको घोषणा गरेको छ भने माओवादीका भातृ संगठनहरू पनि मंगलबारदेखि सैनिक अधिनायकवाद लाद्न खोजेको भन्दै प्रदर्शनमा उत्रिएका छन्। विरोध प्रदर्शनमा कांग्रेसविरुद्ध कडा नारा लगाइएको थियो। प्रदर्शनमा लगाइएका नाराहरूमा राष्ट्रपति डा. रामवरण यादव र अन्य विदेशीहरूलाई पनि लक्षित गरिएको थियो।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: