एमाले र माओवादी उस्तै पार्टी होइनन्

१. नेपालका धेरै विद्वानहरुको सोचमा समेत एउटा गम्भिर समस्या छ । उनीहरु नेपालका सबै कम्युनिस्ट पार्टी हरुलाई एउटै कित्ताका पार्टी ठान्दछन् । हुनत आफूलाई कम्युनिस्ट भन्नेहरु नै पनि वामपन्थी एकता, एकीकृत कम्युनिस्ट पार्टी को निर्माण, बृहद् वामपन्थी एकता जस्ता शब्दावली प्रयोग गर्छन् र सबै कम्युनिस्ट उस्तै उस्तै हुन् उनीहरुका बीचमा साँगठनिक एकता हुनुपर्छ भन्ने भ्रम बेचिरहेका छन् । सामान्य पार्टी सदस्य मात्र होइन, पार्टी हाँक्ने भनिएका ठूला नेताहरु नै पनि सबै कम्युनिस्ट पार्टी उस्तै हुन् भन्ने गम्भिर अज्ञानबाट ग्रसित छन् । यो अज्ञान, अन्यौल र अध्ययनहीनताको परिणामलाई केलाएर समाप्त नगर्ने हो भने नेपालको कम्युनिस्ट आन्दोलन दिशाहीन भइरहने खतरा विद्यमान छ र दिशाहीन कम्युनिस्ट पार्टीले कहिल्यै जनताको अग्रगमनको नेतृत्व गर्न सक्दैन ।
२. पार्टी भन्ने बित्तिकै त्यसले स्वीकार गरेको सिद्धान्त, त्यसले अगाडि सारेको राजनीति र त्यो राजनीतिलाई प्राप्त गर्नका लागि त्यसले बनाएको कार्यक्रम, त्यो कार्यक्रम प्राप्तीका लागि त्यसले अख्तियार गरेका नीतिहरु लस्करै जोडिएर आउँछन् । सँसारका कुनै पनि पार्टीहरुको परिचय यिनै सिद्धान्त, राजनीति, कार्यक्रम र कार्यनीतिमा खोज्नु पर्छ । पार्टी को नाम त एउटा ट्रेडमार्क मात्र हो । नाममा परिचय बाहेक अरु केही राखेको हुँदैन । त्यसैले नाम मिल्दैमा नाम मिलेका दुबै पार्टी एउटै होलान् भन्ने भ्रममा कोही पर्नु हुँदैन ।
३. नेपालमा आधा दर्जन कम्युनिस्ट पार्टी हरु छन् । एउटा मुलुकमा एउटा भन्दा बढी कम्युनिस्ट पार्टी हरु हुनु स्वभाविक विषय हो । कम्युनिस्ट पार्टीका सैद्धान्तिक, राजनैतिक एवम् बैचारिक नेता कार्लमार्क्स र फ्रेडरिक एँगेल्स स्वयम्ले कुनै पनि मुलुकमा एक वा एक भन्दा बढी कम्युनिस्ट पार्टी हुनसक्छन् भन्ने कुरो स्वीकार्नु भएको छ । नेपालमा सकभर एउटा मात्रै कम्युनिस्ट पार्टी भैदिए राम्रो हुन्थ्यो भावना हुनुलाई नराम्रो भन्न सकिँदैन । तर एउटा भन्दा बढी कम्युनिस्ट पार्टी भए भन्ने बित्तिकै पहाडै खस्यो भनेर आत्तिनु हुँदैन । बुर्जुवा समूहमा जसरी धेरै पार्टी हुन्छन्, त्यसरी नै श्रमजीवि समुदायको नाम बेचेर पनि धेरै पार्टी खुल्न सक्छन् । कम्युनिस्ट पार्टीको नाम धारण गर्ने बित्तिकै सबै पार्टी कम्युनिस्ट नै हुन्छन् भन्ने निष्कर्षनिकाल्न सकिँदैन । तिनले बोकेका विचार र तिनको व्यवहारको तादात्म्यकतालाई तौलजोख गरेर मात्र कुन कम्युनिस्ट पार्टी सही हो कुन चाहिँ गलत हो भनेर छुट्याउनु पर्छ ।
४. नेपालका धेरै कम्युनिस्ट समूहको आआफ्नै सिद्धान्त छ । नेकपा एमालेले जनताको बहुदलीय जनवादलाई आफ्नो सिद्धान्त मानेको छ भने माओवादीका शीर्षनेताहरुले जनताको बहुदलीय जनवादलाई पूँजीवादी जनवाद भन्ने गरेका छन् । अन्तर्राष्ट्रिय मानकलाई जोड्ने हो भने जनताको बहुदलीय जनवादका अगाडि नेकपा एमालेले मार्क्सवादलाई मात्र जोड्न सक्छ । यद्यपि तीन राष्ट्रिय नेताहरुलाई आफ्नो लोगोमा आसीन गराएको नेकपा एमालेले आफ्नो राष्ट्रिय पहिचानलाई दर्बिलो पार्दै जनताको बहुदलीय जनवादलाई नै आफ्नो मार्गदर्शक सिद्धान्त बनाउनु पर्छ ०६५ सालको फागुन महिनामा सम्पन्न नेपाल कम्युनिस्ट पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनले एकमतमा निर्णय गरेको छ । अर्थात, नेकपा एमाले हाम्रै नेपाली अनुभवको आधारमा विकसित भएको, प्रतिर्स्द्धात्मक सिद्धान्तको मान्यता अवलम्बन गर्ने एउटा लोकतान्त्रिक कम्युनिस्ट पार्टी हो ।
६. आफूलाई सबैभन्दा ठूलो पार्टी भनी दाबी गर्दै आएको नेकपा माओवादीसँग कुनै सैद्धान्तिक धरातल नभएकै हुनाले त्यसले मार्क्सवाद-लेनिनवाद-माओवाद/माओविचारधारा लाई मार्गदर्शक सिद्धान्त बनाएको छ । कार्लमार्क्सकै ब्याख्यालाई सदर गर्ने हो भने माओवादीहरु हिजो पनि मार्क्सवादी थिएनन्, अहिले पनि छैनन् । मार्क्सवाद कार्यकर्ता र जनता झुक्याउने उनीहरुको हात्तिको देखाउने दाँत मात्र हो । किनभने स्वयम् कार्लमार्क्सले कम्युनिस्ट पार्टी का बारेमा भन्नुभएको छ, ”हामी ती कम्युनिष्टहरु भन्दा भिन्न छौ जो व्यक्तिगत स्वतन्त्रतालाई नष्ट गर्न लागिपरेका छन्, जो संसारलाई एउटा ठुलो ब्यारेक या भिमकाय गोदाम बनाउन चाहन्छन् । निश्चय पनि यहाँ त्यस्ता कम्युनिष्टहरु छन् जो…व्यक्तिगत स्वतन्त्रतालाई स्वीकार्न चाहँदैनन् र यसलाई संसारवाट बिदा गर्न चाहन्छन् ।” कार्लमार्क्सले इङ्गति गर्नुभएको गैरमार्क्सवादी कम्युनिस्टको चरित्र अहिलको माओवादी पार्टी सँग ठ्याक्क मिल्छ । उनीहरु क्याण्टोनमेण्ट चेतना र वाइसिएल व्यारेक चेतनाबाट ग्रसित छन् । उनीहरु सबै कुरो आफ्नो कब्जामा लिन चाहन्छन् । उनीहरु आफू र आफूलाई निशर्त सहयोग गर्ने राजनीतिक पार्टी बाहेक अरु सबै माथि प्रतिवन्ध लगाउने चेतनाको आत्मरतिमा लीन भएर षडयन्त्रकारी खेलमा लागिरहेका छन् । त्यसैले उनीहरु प्रकारान्तरले मार्क्सवाद विरोधी भएका छन् । लेनिनवादलाई उनीहरु स्टालिनका विचारमा बुझ्छन् र त्यो भनेको अधिनायकत्व पहिलो भएको मान्यता हो । साँच्चै मार्क्सवादलाई उनीहरु मार्क्सको भाषामा बुझ्दैनन्, बुझ्न पनि चाहँदैनन् । उनीहरु माओत्सेतुङ्गको हुनान किसान आन्दोलनको जाँच पडतालको रिपोर्टकै आधारमा मार्क्सवाद पढिरहेका छन् र उनीहरु स्वयम् माओत्सेतुङ्गको चीनले समेत तिरस्कार गरिसकेको जनवादी अधिनायकत्वको उग्रवामपन्थी निरँकुशता अबलम्बन गरिरहेका छन् । अर्थात, नेकपा माओवादी अहिलेसम्म पनि हिँसात्मक युद्धको धङधङीबाट बाहिर निस्कन नसकेको पार्टी हो ।
 त्यसैले सिद्धान्तका आधारमा निक्र्योल निकाल्ने हो भने आजको यथाहालतमा नाम एउटै भए पनि एमाले र माओवादी पार्टी कहिल्यै मिल्न नसक्ने अवस्थाको दूरीमा छन् । एमाले लोकतन्त्रमा विश्वास गर्छ भने माओवादी हिँसा र सैनिकतन्त्रमा विश्वास गर्छ ।
७. नेकपा एमाले सबैखाले पार्टी हरुका बीचमा प्रतिस्पर्द्धा गरेर, आफूलाई प्रतिस्पर्द्धामा अब्बल सावित गरेर क्रान्तिपूर्व पनि सरकार बनाउने र माथिल्लो सँरचना सहितै सामाजिक रुपान्तरण गर्न सकिने मान्यतामा विश्वास गर्छ । सानातिना कोल्टे गल्ती गर्दागर्दै पनि नेकपा एमालेको ब्यवहार आजसम्म प्रतिस्पर्द्धात्मक बहुदलीय शासन प्रणालीको प्रक्षमा छ र यसलाई आठौँ महाधिवेशनबाट पुनर्पुष्टी पनि गरिसकेको छ । अर्थात्, नेकपा एमाले भनेको एउटा पारदर्शी, लोकतान्त्रिक एवम् विधिको पालना गर्ने पार्टी हो भन्ने प्रष्ट हुन्छ ।
 यसको ठिक्क उल्टो छ माओवादीको मान्यता । उ सँसदमा विश्वास गर्दैन, सँसद उसका लागि उपयोगको खेलौना मात्र हो । माओवादी पार्टीले महाधिवेशन नगरेको पनि शायद पन्ध्र वर्ष बितिसकेको होला । त्यसको पार्टी सँरचना अहिले पनि जनताको जानकारीमा आउने गरी खुला भएको छैन । त्यो प्रतिस्पर्द्धालाई पनि सत्ताकब्जाको गोटीका रुपमा मात्र बुझ्दछ । त्यसैले त्यो राज्यको सर्न्दर्भमा, सामाजिक सन्दर्भमा जताततै बलप्रयोग गरेर मात्र केही गर्न सकिन्छ भन्ने मान्यतामा विश्वास गर्दछ र सोही अनुसारको कर्ममा लागिरहन्छ । 
एउटा प्रतिस्पर्द्धामा विश्वास राख्ने र अर्को डाङडुङ मारमुग्रीबाट मात्रै ठूलो हुन सकिन्छ भन्ने दुइटा पार्टी कसरी एकतावद्ध हुन सक्छन् र ! पटक्कै सक्दैनन् ।
८. नेकपा एमाले खुलाखुलस्त छ र त्यसका कुनै पनि लुकाइएका एजेण्डाहरु छैनन् । शत्रु र मित्रका बीचमा त्यसले जुन सीमारेखा कोरेको छ त्यो स्पष्ट र पारदर्शी छ । नेकपा एमाले श्रमजीवी समुदायको हीतरक्षा गर्ने प्रतिवद्धतामा उभिएको पार्टी हो । त्यसका ऐजण्डाहरु र्सार्वजनिक छन् । त्यसको विधान, त्यसको कार्यक्रम, त्यसका कार्यनीतिहरु र्सार्वजनिक जानकारीमा आइरहेका छन् । 
 नेकपा माओवादी पार्टी अँध्यारैमा रमाउने पाएसम्म सबै लुकाउने पार्टी हो । त्यसका पार्टी सदस्य कति छन् ? त्यसको जिल्ला कमिटीको आकार र चरित्र कस्तो छ ? कसैलाई थाहा छैन । त्यो भन्दा पनि गम्भिर पक्ष हो – नेकपा माओवादीको वर्गीय पक्षधरता । माओवादी पार्टीको विगत अत्यन्तै कालो छ । उनीहरुले सँसदका विरुद्ध तत्कालीन राजतन्त्रसँग कार्यगत एकता गरेर सँसद र सँसदवादी राजनीतिक शक्तिलाई आफ्नो प्रमुख दुष्मन घोषणा गरेर आफूलाई प्रतिगमनको कित्तामा उभ्याएका थिए । पछिल्लो कालमा उनीहरु काँग्रेससँग मिलेर एमालेलाई सिध्याउने काममै लागेका थिए । अहिले पनि उनीहरु सहकार्य गरिरहेको पार्टी नेकपा एमालेलाई नसिध्याएसम्म आफू ठूलो हुन सकिँदैन भन्ने मनोरोग बोकेर बाँचिरहेका छन् ।
 राजतन्त्रसहित कुनै पनि रुपको निरँकुशतन्त्रको विरोध गर्ने एमाले र सापेक्षितरुपमा प्रजातन्त्रको विरोध गर्ने माओवादी पार्टी बीचको मिलन विन्दु कसरी खोज्न सकिन्छ – यो त उही आगो र पानीलाई एक ठाउँमा राखेर दुबैप्रति न्याय दिने सपनाको विकृत अनुहार मात्र हो ।
कार्लमार्क्सलाई पुनः एकपटक मिहिनेत गरेर पढ्ने हो भने प्रष्ट हुन्छ – माओवादी पार्टी, कम्युनिस्ट पार्टी नै होइन । त्यो पार्टीको कुनै सिद्धान्त छैन त्यसैले अहिले त्यसको केन्द्रीय वृत्तमा जनआन्दोलन भाग २ का विरोधीहरु, पञ्चायतकालका क्रुर प्रशासकहरु झुम्मिएका छन् गाँठो बनेर । यस्तो पार्टीसँग नेकपा एमालेको लगठगाँठो कसिन्छ भन्नु नेपालका सबै नदीहरु दक्षिणबाट उत्तर बग्छन् भन्नु उस्तै उस्तै निष्कर्ष हो ।

Posted in nepal. 2 Comments »

2 Responses to “एमाले र माओवादी उस्तै पार्टी होइनन्”

  1. karki Says:

    a male ra mawobadiayk huna kina shkdaina kukur ra biralo ta aabshek pare autai doko muni bacan bhane
    ke amale e jnawor bhanda nich chara

    Like

    • Arjun Baral Says:

      Maobadi parti satya kura bugjhna nasakne mansikta bat grasit chha.kin ki Maobadhi Myagdi Jilla sallakar GOPAL PAUDEL(AAJAD) Le 2066 Asoj 24 gate malai pokhara ko Prithvichock ma vetna bolai samanya chhalphal ko bisayema nirghat kuter marna lageka thiye bhane maobadhi kasto parti ho yesbat bugjhna sakinchha.

      Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: