अमेरिका तथा मेक्सिकोमा सुंगुरमा लागेको फ्ल्यु फैलदा नब्बे जनाको मृत्यू

अमेरिका तथा मेक्सिकोमा सुंगुरमा लागेको फ्ल्यु फैलिएका कारण हालसम्म नब्बे जनाको मृत्यू भएको छ। मेक्सिकोको स्वास्थ्य मन्त्रालयले राजधानीका सबै विद्यालयको पढाइ हिजो स्थगित गरेको छ ।यसका साथै धेरै मुलुकले रोग प्रवेश गर्न नदिन आवश्यक कदम चालिसकेका छन।

  विश्व स्वास्थ्य संगठनले हिजो अमेरिका तथा मेक्सिकोमा सुंगुरमा लागेको फ्ल्युले उत्पन्न भएको संकटप्रति अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण भएको र उक्त घटना सार्वजनिक स्वास्थ्यसँग सरोकार राख्ने घटना भएकोले त्यसको नियन्त्रणको लागि आवश्यक कदम शुरु गरिसकेको जनाएको छ।

 फ्रान्सेली विदेश मन्त्रलयले संकटको सामना गर्न हिजो सामना केन्द्रको स्थापना गरी मेक्सिकोमा भएको सुंगुर फ्ल्यु सम्बन्धि सूचना दिने विशेष टेलिफोन लाइनको संचालन पनि गरेको छ ।

  यता न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मेक्सिकोबाट फर्केका माध्यमिक स्कूलका दश जना विद्यार्थीमा संगुरमा फैलेको फ्ल्यु सरेको अनुमान गरिएको आज जनाए जनाइएको छ ।

  उता जापानी प्रधान मन्त्री तारो आसोले आज विहान बोल्दै सम्बन्धित विभागहरुले अन्तर्राष्ट्रिय संस्थासँग घनिष्ट सम्वन्ध कायमगरी जापानी जनतालाई आवश्क सूचना दिन आग्रह गर्नुभयो।

यता दक्षिण कोरिया सरकारले  सत्ताइस तारिक देखि अमेरिका तथा मेक्सिकोबाट आयात गरिने सुंगुरको मासुलाई अझ कडा जाँच गर्ने हिजो बेलुकी जनाएको छ।

 यसका अतिरिक्त, पेरु, कोस्टारिका, चिली, ग्वाटमाला, साल्भडोर लगायतका मुलुकहरुले पनि सरुवा फ्ल्यु जस्ता रोगमा ध्यान दिन आग्रह गर्दै आवस्यक कदम चालिसकेका छन

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: