किन सलबलाउँछन् सङ्घीयता विरोधी ?

“निभ्ने बेलाको बत्ती उत्ताउलो” भन्ने उखान सङ्घीयता विरोधीहरूको तत्कालीन व्यवहारले पुष्टि गरिदिएको छ । नेपालमा सबै राजनीतिक दलहरूको घोषणापत्रमा सङ्घीय राज्यको पक्षमा स्पष्ट छ । नेपालको अन्तरिम संविधानमा सङ्घीय राज्यको व्यवस्था गरिएको छ । एकात्मक राज्य र निरङ्कुश सामन्ती राज्य व्यवस्था तथा त्यस व्यवस्थाको नाइके राजा ज्ञानेन्द्रसँगै संवैधानिक राजतन्त्रको समेत संवैधानिक रूपमा नै अन्त्य भइसकेको छ । गणतन्त्रात्मक राज्य प्रणाली संवैधानिक रूपमै सुरु भइसकेको छ । गणतन्त्रको संस्थागत विकास, प्रयोग र रक्षा गर्ने यो विशिष्ट चरणमा केही राजतन्त्रवादी र प्रतिगामी तìवहरू यतिबेला सङ्घीय राज्य प्रणालीले देश टुक्रयाउँछ भन्ने अभिव्यक्तिका साथ सडकमा सलबलाइरहेका छन् ।

सङ्घीयता विरोधी र एकात्मक राज्य प्रणालीको पक्षमा केही वामपन्थी भनिने गैर कम्युनिष्ट प्रवृत्तिकासाथ केही वामपन्थी पार्टीहरू आजभोलि सङ्घर्षको घोषणा गरेरै सडकमा सलबलाउनु भनेको अन्तरिम संविधानको विरोध मात्रै होइन, तमाम सङ्घीयतावादी, लाखौं जनजाति आदिवासी नेपालीहरूको अपमान गर्नु हो । नेपालको राजनीतिक इतिहासमा जनताका कुख्यात अपराधी साबित हुनु हो । के यी सङ्घीयता विरोधीहरूले आˆनो भविष्यप्रति सोचेका होलान् ? के सङ्घीय राज्य निर्माण जस्तो जनताको महान् अभियानलाई रोक्न सक्ने राजनीतिक विकल्प जनतालाई दिन

सक्लान ? सङ्घीयतावादी राजनीतिक दल र आम जनता सङ्घीयता विरोधीहरूको प्रतिरोधमा आइलागे थेग्न सक्लान् ? यतापट्ट िसोचेका छन् कि छैनन्. ? नाङ्लो ठटाएर हात्ती तर्साउने दुस्साहस धेरै चित्रबहादुरका लागि भविष्यमा आˆनै गलाको पासो बन्ने प्रति कत्तिको सजग छन् त, सङ्घीयता विरोधी कुतìवहरू ?

जुन पार्टीसँग न त स्पष्ट कार्यनीति छ न त रणनीति नै । न त जनता, न त कार्यकर्ता । कति दिन थेग्लान् त राजावादीहरूले दिएको सहयोगले जनताको र राष्ट्रको विरुद्धको आन्दोलन । सरकारको सालीनता, धैर्य, सहनशीलता र महानताको बाँध टुटेको दिन अनि जननिर्वाचित तथा गणतन्त्र नेपालको पहिलो सरकारले आˆनो अधिकार प्रयोग गरेको दिन सङ्घीयता विरोधीहरूको स्थिति के होला ? के प्रतिरोधमा जानसक्ने तागत छ ? यी सङ्घीयता विरोधीहरूको लागि घाइते बाघलाई छारो हाल्नु सरह भयो भने के होला परिणाम ?

यतिबेला सङ्घीयता विरोधीहरू किन सल्बलाउँछन् ? जनतालाई स्पष्ट बनाउनु सबै राजनीतिक दल र नागरिकहरूको उत्तिकै कर्तव्य हुन आउँछ । उनीहरूले जनता र राष्ट्रको पक्षमा केही पनि गर्न नसक्ने भएपछि नकारात्मक काम गरेर नकारात्मक रूपमा भए पनि चर्चामा आउन सिवाय अर्को उद्देश्य देखिँदैन र छैन पनि । वैशाखमा जमिनभित्रबाट बाहिर निस्किएको छिचिमिराकै हविगत राष्ट्रिय जनमोर्चा पार्टी लगायत सङ्घीयता विरोधीहरूले बेहोर्नुपर्ने समय पनि त्यति पर छैन । छिचिमिरा बाहिर निस्किने बित्तिकै के हुन्छ ? उनीहरूलाई थाहा होला कि नहोला ? जब बाहिर छिचिमिरा आउँछ, पखेटा आफैँ खस्छ । उसको जीवन समाप्त हुन्छ । त्यस्तै सङ्घीयता विरोधीहरू सङ्घीयताको विरोधमा सडकमा निस्कनु भनेको आˆनै राजनीतिक जीवन तथा भविष्य समाप्त पार्नु हो ।

सङ्घीयताको विरुद्धमा भित्ता लेखेर, केही दिन नारा लगाएर र प्यूठान र बाग्लुङतिरबाट एकदुई दर्जन सिधासाधा र निमुखा जनता कति दिन काठमाडौं ल्याउलान् र आउलान् पनि ? ती इमान्दार जनतालाई फन्दामा पार्ने काम नगरुन् सङ्घीयता विरोधी तथा जनताका अपराधीले । कुनै पनि दिन सङ्घीयता विरोधी कुतìवहरू जनताकै फन्दामा पर्नेछन् र सधैँका लागि जनताबाट तिरस्कृत भइरहने छन् ।

विश्वमा सङ्घीयताले देश टुक्रिएको इतिहास छ, कि अझ देश सुदुढ र एकताबद्ध भई अखण्ड राष्ट्र बनेको इतिहास छ ? बरु विश्वका सबै सङ्घीय मुलुकहरू सुदृढ र राष्ट्रिय एकतामा आबद्ध भएको पाइन्छ । एकाध मुलुकहरू सङ्घीयतामा गएपछि उचित व्यवस्थापनको अभावमा अन्योलमा पर्नु द्वन्द्ववादको नियमभित्रै पर्दछ । नेपालमा पनि सबै सङ्घहरू एकै रूपमा अगाडि बढ्न नसक्लान् तर स्थानीय परिस्थिति र परिवेशको सामना गर्दै ढिलो छिटोे आत्मनिर्भर बन्दै जानेछन् । तर सङ्घीय विरोधीहरूले प्रचारमा ल्याएका कुप्रचारहरू आधारहीन छन् । जसले सङ्घीयताप्रेमी कसैलाई पनि प्रभाव पार्न सक्ने छैन । उल्टै बरु सबै जनतालाई सङ्घीय राज्य निर्माणमा थप प्रेरणा मिल्नेछ ।

नेपालमा निर्माण गरिने सङ्घीय एकाइ होस् वा विशेष स्वायत्त एकाइ, नाम र भूगोल विभाजन गरेर मात्र हँुदैन । राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक अधिकार सहितको सङ्घीयताको आवश्यकता पर्दछ । चाहे जातीय आधारमा होस् कि भौगोलिक वा सांस्कृतिक । जुनसुकै आधारमा निर्माण गरे पनि त्यो प्रमुख पक्ष होइन । प्रमुख पक्ष त अधिकार हो । सङ्घीय राज्य निर्माण चाहिँ गर्ने तर अधिकार चाहिँ केन्द्रमा नै राख्ने हो भने जनताले पुनः अधिकारका लागि विद्रोह गर्न सक्छन् । विद्रोह गर्नु जनताको अधिकार हो भन्ने मान्यतालाई त्यतिबेला सबैले आत्मसात्, गर्नुपर्ने हुन्छ । अधिकार सहितको सङ्घीयता निर्माण गर्ने हो भने न त जनताले विद्रोह गर्नु पर्दछ, न त देश नै टुक्रिन्छ भन्ने शंका गरिरहनु पर्दछ । यी सबै पक्षमा अपवाद बाहेकका केही पार्टी बाहेक सबै पार्टीहरू र वर्तमान सरकार सचेत छ । तसर्थ सङ्घीयता विरोधी कुतìवहरू जति सलबलाउँछन्, छटपटाउछन् अनि अत्तालिन्छन् र अन्त्यमा बलिरहेको बत्तीमा पुतली परेर पखेटा डढाई समाप्त भएझँै सङ्घीयता विरोधी तथा एकात्मक राज्यको पृष्ठपोषक र २१ औं शताब्दीका प्रतिगामी कुतìवहरूको अन्त्य सुनिश्चित छ, समय त्यति धेरै छैन । विनाशकाले विपरीत बुद्धि भनेझैँ नहोस्, भविष्यमा सङ्घीयता विरोधी कुतìवहरूलाई कठै भन्नु सिवाय जनतासँग केही हुँदैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: