सेनाको महत्व बढी, सरकार सेना विवाद अनुपयुक्त -एमाले

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सेनासँग सरकारको विवाद उपयुक्त नभएको बताएका छन् ।

मुलुकमा देखिएको राजनीतिक प्रतिकुलताका कारण साताव्यापी चीन भ्रमण छोट्याएर बिहीबार स्वदेश फिर्ता भएका खनालले मुलुकमा सेनाको महत्व बढी भएको बताउँदै यस बारेमा छलफल गरेर मात्र प्रतिक्रिया दिने धारणा ब्यक्त गरे ।

बिहान साढे दश बजे त्रिभुवन बिमानस्थल आइपुग्ोका खनालसँग एमालेले पनि सेनापतिलाई कारवाही गर्न समर्थन गरेको हो भन्ने संचारकर्मीको जिज्ञासामा उनले यसबारेमा पार्टीभित्र छलफल नै बाँकी रहेको बताए ।

सरकार जिम्मेवरीपूर्वक सोचेर अघि बढ्नुपर्ने उनको भनाई थियो । उनले आफू चीनमा रहँदा चिनिया विदेश विभागका मन्त्री, उपमन्त्री लगायतसँग छलफल गरेको जानकारी दिए । चिनले नेपालसंगको सम्बन्ध राम्रो रहोस भन्ने चाहेको धारणा राखे ।

अध्यक्ष खनालसँगै नेपाल फर्केका एमाले नेता रघुजी पन्तले अदालतमा विचाराधिन रहेको विषयलाइ राजनीतिककरण गर्न नहुने प्रतिकृया दिए ।

साताव्यापी भ्रमणमा गएको पाँच सदस्यीय टोली बिहीबार भ्रमण छोट्याएर स्वदेश फिर्ता भएको हो । भ्रमण छोट्याएर फिर्ता भएका अध्यक्ष खनालले दिनभर राजनीतिक भेटवार्तालाइ जारी राख्ने भएका छन् ।

उनले स्वदेश र्फकने वित्तीकै पार्टी कार्यालय बल्खुमा एमालेका शीर्षस्थ नेताहरुसँग यो प्रकरणबारे छलफल गरेका छन् । राजधानीमा उपलब्ध केन्द्रीय नेताहरुले अध्यक्ष खनालको चीन भ्रमणपछि देशमा विकसित घटनाक्रमबारे जानकारी गराएका थिए । यसबारे विस्तृत छलफल गरेर निष्कर्षमा पुग्न भोलि शुक्रबार बिहान राजधानीमा रहेका केन्द्रीय कमिटीका सदस्यहरुको र दिउँसो चार बजे स्थायी कमिटीको बैठक बोलाएका छन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: