सेनापति कटुवाल प्रकरणमा माओवादी र एमाले सहमति

 सेनापति कटुवाल प्रकरण चर्किदै गएको अवस्थामा कटुवालले दिएको स्पस्टिकरण झन अक्रोस पुर्ण देखिए पछी माओवादीले ल्याउन लागेको अबकाश दिने प्रस्तावमा सघाउन सत्तारुढ एमालेका मन्त्रीहरु तयार भएका छन् । सरकारमा सहभागी मन्त्रीहरुको आज बिहान वसेको वैठकले सेनापतिलाई अबकाश दिने प्रस्ताव मन्त्रिपरिषदमा आए अनुमोदन गर्न सघाउने निर्णय गरेको एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले जानकारी दिनुभयो । चीन भ्रमणमा रहेका एमाले अध्यक्ष झलनाथ खनालसंगको परामर्शपछि मन्त्रीहरु यस्तो निश्कर्षमा पुगेको गौतमले दावी गर्नुभयो । नेता केपी शर्मा ओलीलगायत केही नेताहरुले माओवादीको चर्को आलोचना गरिरहेकोप्रति गौतमले भन्नुभयो- म कार्यवाहक अध्यक्ष हुँ, मैले भनेको निर्णयनै पार्टीको आधिकारीक निर्णय हो । ‘ अरुले के वोल्छन भन्ने कुराले खासै अर्थ नराख्ने गौतमले बताउनुभयो । यसअघि खनाल चीन भ्रमणमा जानुअघि पनि मन्त्रीहरुलाई सेनापति अबकाशका पक्षमा उभिन निर्देशन दिनुभएको एमालेस्रोतले जनाएको छ । ‘देशी विदेशी तत्वले सेनालाई उचालेर संबिधान वन्न नदिने योजना बनाएका छन, त्यसलाई निस्तेज गर्न पनि सेनापतिलाई अबकाश दिनुपर्ने अबस्था छ- खनालको भनाई उदृत गर्दै एमालेस्रोतले भन्यो । चीन भ्रमणमा रहेका खनाल दैनिक तीनपटक भन्दाबढी प्रधानमन्त्री र गृहमन्त्रीसंग टेलिफोन सम्पर्कमा रहेको बताइएको छ । यसैवीच सेनापतिलाई अबकाश दिने बिषयमा ओलीपक्षले बिरोध जनाएपछि खनाल निर्धारित भ्रमण छोट्याएर आजै स्वदेश फ़र्कन लाग्नुभएको हो । पाँच सदस्यीय उच्चनेताहरुको टोलीका साथ गत सनिवार चीन भ्रमणमा निस्केका खनाल एकीकृत नेकपा माओवादीको बिशेष आग्रहमा निर्धारित शनिवारसम्मको भ्रमणलाई छोट्याएर नेपाल फ़र्कन लाग्नुभएको हो ।  

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: