माओवादी नेता मोहन वैद्य अस्वस्थ

७ वैशाख, काठमाण्डौं । एकीकृत नेकपा (माओवादी) का सङ्गठन विभाग प्रमुख मोहन वैद्य तीन दिनदेखि बिरामी भई नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।  

उहाँलाई ज्वरो आउनुका साथै दम भई श्वासप्रश्वासमा समस्या आएको उहाँको पारिवारिकस्रोतले जनाएको छ ।

नेता वैद्यलाई ज्वरो आउनुको कारण अहिलेसम्म नखुलेको र यसबारे अनुसन्धान भइरहेको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

भोलि बेलुकासम्म रगतको रिपोर्ट आएपछि ज्वरो आउनाको वास्तविक कारण थाहा हुने बुझिएको छ । उहाँको अवस्था अहिले सामान्य छ र स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो नर्भिक अस्पताल गई नेता वैद्यको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभयो ।

 

 

(

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: