बेलायतका नेपालीहरुको संगठन हिमालयन यतीमा नयाँ नेतृत्व

बेलायत निवासी नेपालीहरुको संस्था हिमालयन् यतीको साधारण सभाले पुष्प श्रेष्ठको अध्यक्षतामा चार बर्षको लागि एघार सदस्यीय  कार्यसमिती चयन् गरेको छ । समितिमा उपाध्क्ष डा. मोहन मान प्रधान, महासचिब विजय श्रेष्ठ, कोषाध्क्ष डा. योगेन्द्र बज्रचार्य, सामाजिक सचिब लिलेस प्रधान, सदस्यहरुमा डा. चुदा कार्की, डा. गुन्जमान शेरचन, डा. तेज्लाल श्रेष्ठ, नन्द राज राइ र मिता भट्टराई निर्बिरोध चयन् भएका छन । पत्रकार जीतमान बस्नेतले दिनुभएको जानकारी अनुसार,पूर्व अध्यक्षको हैसिएतले डा. प्रेम बिक्रम हमाल सदस्यमा मनोनित हुनु भएको छ ।  म्यान्चेस्टरस्थित होटेल द गालीअनमा १८ अप्रिलमा आयोजित साधारण सभाले नयाँ समितिको चयन् गरेको हो । सभाले संस्थाको वार्षिक आर्थिक प्रतिवेदनलाई पनि अनुमोदन गरेको थियो । अधिबेसनमा बेलायतको बिभिन्न ठाउबाट उल्लेख्य सङ्ख्यामा नेपालीहरुले भाग लिएका थिए । संस्थाले नया बर्षको उपलक्षमा १९ अप्रिलमा म्यान्चेस्टरमा एक मनोरन्जनात्मक शुभकामना भेटघाट कार्यक्रमको पनि आयोजना गर्‍यो । उक्त अबसरमा बिभिन्न सान्स्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालीहरुले एक आपसमा शुभकामना आदन प्रदान गरेका थिए । 
सस्थाले सन २०१२ मा नेपाल हिमालयन महोत्सबको आयोजना गर्ने तयारी गर्दै रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । हिमालयन् यती बेलायतमा नेपालीहरुको पुरानो संस्था हो । यसले  १९९७ एता चार पटक सम्म हिमालयन् महोत्सब गरि सकेको  छ । नेपाललाई बेलायतीहरु बीच चिनाउन र नेपाली सँस्कृतिलाई जिवन्त राख्न्न संस्थाले अनबरत रुपमा काम गरी रहेको सस्थाका निबर्तमान माहासचिब डा. शुरेश मानन्धरले बताउनु भयो । आर्थिक हैसिएतले भ्याए सम्म नेपालको बिकास निर्माणमा साथ दिने योजना रहेको सदस्य नन्द राज राइले जानकारी गराए । 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: