गिनिजबुकमा नेपाल

 


नेपालका अधिकांस नेताहरुलाई लगभग एकैसमयमा एउटै बिराम लाग्ने गर्दछ । उपचारको लागी दिल्ली नै जानासाथ रोगसोग चट् हुने गर्दछ ।    

नेपालमा करिब एकलाखभन्दा बढि मानिसहरुले मोबाइलबाट कुराकानी गर्दछन् । बांकी ४४ लाख मोबाइल प्रयोगकर्ताहरु पुन प्रयास गर्दागर्दै समय बिताउंछन् । 
 

लगभग १५ लाख जनसंख्याकालागी (काठमाण्डौंमा) करिब तिन दर्जन एफएम स्टेसनहरु रहेकाछन् । तिनीहरु आफू टाट पल्टिएकाछन् कि अरुलाई टाट पल्टाउंदैछन्, रहस्यकै गर्भमा छ । 

बक्सिङ्, तेक्वान्दो, करा“ते,जस्त खेलमा भक्कु स्वर्णपदक ल्याउने नेपालका खेलाडीहरु बुद्धीचाल, बाघचाल, चेसजस्ता खेलमा सधैं पछाडीबाट प्रथम हुने गर्दछन् । यसकालागी कस्तो मनोबिज्ञानले काम गरिरहेको छ, बिज्ञहरु ट्वाल्ल परिरहेकाछन् । 

वर्षको ३०० दिन हडताल भएपनि धेरै बिद्यालयहरुले शत्प्रतिशत सफल रिजल्ट निकाल्दा संसार अचम्मित हुने गर्दछ । 
 

नेपाली नागरिकहरु हरेकदिन दिपावली मनाउने गर्दछन् । जलश्रोतको दोश्रो धनी राष्ट्र नेपालमा दिनको चारघण्टा बिजुली आउंदा यहांका नागरिकहरुलाई तिहार आएजत्तिकै हुन्छ । 
 

नागरिकहरु दिशा नधोइकन हिड्छन् भन्ने कुराको प्रमाण स्वरुप सञ्चार माध्यामबाट बारम्बार बज्ने सुचना सुनेहुन्छ-‘दिशा गरेपछि हात धुने बानी बसालौं ।’ 

३५ हजार मतदाता भएको निर्वाचन क्षेत्रमा ४५ हजार भोट खस्ने संसारको अलौकिक चुनाव क्षेत्र नेपाल देशको गोरखा जिल्लामा पर्दछ । 

संसारको सबैभन्दा ठूलो लोकतन्त्र नेपालमा मात्रै छ । तरकारी चर्को वा श्रीमानको बोली झर्को भएको बदलामा चक्काजाम गर्ने अधिकारलाई समाजले ग्यारेन्टी गरेको छ । 

आफ्नो देशमा नपाएको अधिकार बिदेशी राजदुतहरुले नेपालमै मात्र पाउंछन् । केही बिदेशी राजदुतहरुले नेपाल सरकारको किचनदेखि क्याबिनेटसम्म छिर्ने अधिकार प्राप्त भएको ठान्दछ । 

‘गिनिजबुक अफ वल्ड रेकर्ड्स’मा उल्लेख गर्नकालागी थप केही भए तपाईं लेख्दै जानु होला ।

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: