आगलागी र दुघटनामा ६ को मृत्यु

         चितवनको दारेचोक-९

, फिस्लिङमा शुक्रबार राति भएको आगलागीमा परी एकै परिवारका तीन जनाको ज्यान गएको छ। 

प्रहरीका अनुसार जलेर मृत्यु हुनेमा ३७ वषीया बुद्धिमाया चेपाङ तथा उनकी डेढ वषीया छोरी शर्मिला र दुइ महिनाका छोरा थिसल चेपाङ रहेका छन्। बुद्धिमायाको घरमा राति १० बजे चुलोबाट आगो लागेको थियो। 

चितवनको मेघौली-३, जितपुरमा पनि शनिबार साँझ आगलागी भएको छ। स्थानीय जितबहादुर विकको घरबाट सल्किएको आगो अरू तीनवटा घरहरूमा पनि फैलिएको थियो।

यसै गरी चितवनमा भएका छुट्टाछुट्टै सवारी दुघटनामा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढबाट हेटौंडातर्फगइरहेको ना ३ ख १३२५ नम्बरको ट्रकले एउटा साइकललाई पूर्वी चितवनको चैनपुर-१, तरकारीचोकमा शनिबार बिहान ठक्कर दिँदा साइकलमा यात्रा गर्ने स्थानीय शंकर दर्राईको मृत्यु भयो। ठक्करबाट घाइते आशाराम दर्राईको मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ। 

यसै गरी नारायणगढबाट काठमाडौ जाँदै गरेको बा १८ प ६२५ को मोटरसाइकल शनिबार दिउँसो नारायणगढ-मुग्लिन सडकको सत्र किलोमा रोकिराखेको ना २ ख ८१९९ नम्बरको ट्रकसँग ठोकिँदा मोटरसाइकलमा सवार काठमाडौ धापासीका सुमन पौडेलको मृत्यु भएको छ भने उनीसँगै यात्रा गर्ने सुमित्रा पौडेल घाइते भएकी छन्।

त्यसअघि शुक्रबार राति आफैले चलाएको मोटरसाइकल भरतपुर-७, कटहरचोकस्थित एउटा घरमा ठोकिँदा भरतपुर-१० का महेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: