पुनः थरुहट बन्द आव्हान

धनगढी – लक्की चौधरी
सरकार र थरुहट संयुक्त संघर्ष समितिबीच चैत १ गते भएको छ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै थरुहटले पुनः अनिश्चितकालिन बन्दको कार्यक्रम र्सार्वजनिक गरेको छ ।

थरुहट संयुक्त संघर्ष समिति कैलालीले शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार वैशाख ८ गते साँझ थरुहट जिल्लाभरी मशाल जुलुश प्रदर्शन गर्ने, ९ गते देखि अनिश्चितकालिन आमहडताल गर्ने, १० गते देखि १३ गते सम्म थरुहटका सम्पूर्ण सरकारी कार्यालयमा तालाबन्दी गर्ने, चैत १४ गतेदेखि निरन्तर आमबन्द हडताल तथा स्थानीय सत्ता बहिष्कार गर्ने र वैशाख १६ गतेदेखि जल, जंगल, जमिन, लगायत सम्पूर्ण प्राकृतिक श्रोतमाथि नियन्त्रण गर्ने जाइएको छ ।

सरकारले आफूसँग गरेको सहमति मुताविक काम नगरी तर्राई मधेश स्थापित गर्ने दिशामा गएकोले त्यो मान्य नहुने संघर्ष समितिका जिल्ला संयोजक भानुराम चौधरीले बताए । तर्राईलाई साविक अनुसार मधेश थरुहट नराखी ‘तर्राई’ शब्द राखे स्वीकार हुने उनले बताए । बन्दको क्रममा अतिआवश्यक सवारी साधन, विरामी साधन, सञ्चारकर्मी, मानवअधिकारवादीको गाडी बाहेक अन्यलाई छुट नभएको कार्यक्रममा चौधरीले स्पष्ट पारे । बन्दले वैशाख १६ गतेबाट हुन गइरहेको कक्षा ११ र १२ को परीक्षा पनि प्रभावित हुने देखिएको छ ।

यही माग राखी थरुहट संयुक्त समिति केन्द्रीय कार्य समितिले चैत ४ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेको थियो भने चैत २८ गते सरकारलाई ज्ञापनपत्र समेत बुझाएको थियो । आफ्नो मागबारे ज्ञापनपत्र र शान्तिपूर्ण तरिकाले सरकार टेरपुच्छर नलाएकोले आन्दोलनको विकल्प नभएको यसअघि नै थरुहट संयुक्त संघर्ष समितिका केन्द्रीय संयोजक लक्ष्मण थारुले र्सार्वजनिक गरिसकेका छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: