अमेरिकामा उडुस सम्मेलन

अमेरिकाले पहिलोपल्ट उडुस सम्मेलन गर्दै छ । यो सम्मेलन फेरि पनि रगत चुसुवा कीरो उडुस देखापरेपछि गर्न लागिएको हो । दशकौंअघि उन्मूलन गरिसकिएको भन्ठानिएको उडुस कतिपय सहरका आवासगृहमा, छात्रावासमा र होटलमा फेरि
बौरिएका छन् ।

उडुस गुन्द्रीमा, सोफा आदिमा राति मानिसको रगत चुस्न बौरिने गर्छन् । यिनले रोगका जीवाणु सार्ने काम नगरे तापनि यिनले टोकेपछि मानिसको अंग सुन्निेने र त्यस ठाउँमा चिलाउनेगर्छ । यसबारे जमिनदार, होटलहरू र आवास अधिकारीको बढ्दो फिरादको सन्दर्भमा अमेरिकी वातावरण संरक्षण एजेन्सीले यो दुईदिने उडुस सम्मेलन बोलाएको हो ।

अमेरिकामा अन्तिमपल्ट यति धेरै उडुस दोस्रो विश्वयुद्धअघि देखिएका थिए । यस्ता उडुस प्रायः सस्ता होटल र गरिब झुपडीमा हुन्छन् । अहिले विशेषज्ञका अनुसार अन्तर्राष्ट्रिय भ्रमण, अध्यागमन र कीटनाशक वस्तुको प्रयोगमा आएको परिवर्तनले गर्दा विकसित मुलुकमा पनि उडुसको पुनरागमन भएको छ । भर्जिनिया पोलिटेक्निक इन्स्टिच्युट तथा स्टेट युनिभर्सिटीकी कीटविद् तथा उडुस विशेषज्ञ डिनी मिलरको भनाइअनुसार उडुस विश्वव्यापी रूपमै बढेका छन् ।

‘कतिजना मानिस उडुसको टोकाइले आत्तिएर ओछ्यानबाट हुत्तिँदै बाथटबमा रात बिताउँछन्, म तपाईंलाई भन्न सक्छु,’ मिलरले भनिन् । अनुसन्धानकर्ताहरूले बताएअनुसार उडुस मार्न म्याट्रेसमा छर्किनका लागि स्वीकृतिप्राप्त असरदार रासायनिक कमै मात्र उपलब्ध हुनु मुख्य समस्या हो । वातावरण संरक्षण एजेन्सीले स्वास्थ्य तथा वातावरणीय कारणले विगत ५० वर्षभित्र धेरै रासायनिक फिर्ता गरिसकेको छ ।

5 Responses to “अमेरिकामा उडुस सम्मेलन”

  1. suroz rana Says:

    I need solution about it.

    Like

  2. Adiptsri Tiwari Says:

    Udush marna taraki bataunu na plz

    Like

  3. sunil shrestha Says:

    plese tell me idea to kill it

    Like

  4. sunil shrestha Says:

    ma 1 lodge babsayi hu ra yo samsaya bat ma pidit 6u. 1 janle malai surf panile udus marne vanyo ho pani surf panile 6une bitikai udus mardo re6a ausadhi vanda pani asar dar tar pani udus parna 6oden kohi van6an tatopani khanaunetyo pani asar dar nai hola tara aajkal plywood ko bed ma pani khnauda tyo bigrna sak6a ekjanale matitel halka 6arer sarar aago laune ra nivia halne vanyo tara yo risky huna sa6a kohi matitlema ausudhi misaune tara par paina ra ekjanale bedma plastic ochhaune idea diyo tyo baru thik lagyo udus palsticma chdhna naskene re6a tar afulai ta thik 6 guestroom ma plastic kasri ochhaune kohi sanf idea vaye plz mail me

    Like

  5. Rabin Says:

    udus maarna sakincha tara tesko andaa haru ko binash huna garho cha..kaath ko ghar ma basnu huncha vane .basaaiee saray huncha.yedi plaster gareko pakki gharma basnu huncha vane.. metacid pani misaera charkera ghar ko sankaspad samaan gham ma sukauda udus kam huncha..yo jado ma kam dekha pareko huda yo mausam upayukta huncha ..thanks

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: