जुत्ता थरी-थरीका

निर्मल कुमार आचार्य

थरी-थरीका जुत्ता, झिलीमिली जुत्ता, रङ्गीबिरङ्गी जुत्ता, हलुका-गह्रुंगा जुत्ता, सस्ता-महँगा जुत्ता, सिरिखुरी निखार्दासमेत किन्न नसकिने जुत्ता ! काठका जुत्ता, छालाका जुत्ता, रबड, प्लाष्टिकका जुत्ता, पराल, टायरका जुत्ता, सिन्थेटिक-साबरका जुत्ता, सुनका जुत्ता, हीरामाणिक्यादि रत्नजडित जुत्ता अनेक थरीका जुत्ता दुनियामा छन् ।

जुत्तै हेरेर मानिसको हैसियत चिन्ने पारखी यसै बनेका होइनन् । उहिलेदेखि जुत्ताको शानदार प्रयोगमा कुनै कमी नआउनुले नै जुत्ता महिमा स्वतः बखानिन्छ । एक जोरदेखि दर्जनौ जोर जुत्ता घरमा राख्ने यसै भूमिमा अनेक छन् ।

यसको गरिमाले नै हुनुपर्छ जुत्ताको अर्थ त्यत्तिमै सीमित छैन । अङ्ग्रेजीको ‘सु’ लाई लिउँ वाक्यांशमा प्रयोग भई बेग्लाबेग्लै अर्थ दिन्छन् । ‘अर्कै कुरा’को अर्थमा ‘अनदर पेयर अफ सुज’ आशामुखीले पाउने जेथा वा पदका अर्थमा ‘डेड म्यान्स सु’ज’, बलात्कारले अर्थमा ‘डाइ इन सु’ज’, आˆनू प्रारब्धको दोष अर्थमा ‘हृवेयर द सु पिन्चेस’ र दोष ठीक ठाउँम्ाा लाउनु अर्थमा ‘पुट द सु अन द राइट फुट’ रहेका छन् ।

हिन्दी भाषामा त जुत्ताका विविध रूप-रङ देखिन्छ । लगाइने मात्रै होइन त्यहाँ खाने,चुट्ने, धुत्ने-लुट्ने धेरैतिरको सरोकार छ । ‘जुत्ता’ भनिने हिन्दीको जुत्तासँग सम्बन्धित टुक्काहरूलाई यहाँ सर्सर्ती सम्झनसकिन्छ-जूताखोर -पिटाइ खाइरहने व्यक्ति, लज्जाहीन), चाँदी का जूता -घूसका रूपमा दिइएको धन), जूता उछलना वा जूता चलना -मारपिट हुनु), जूता उठाना -जुत्ता हान्न तयार हुनु), जूता खाना-जुत्ताले पिटिनु), जूता चाट्ना-चाप्लुसी गर्नु), जूता लगना-घाटा हुनु), जूता लगाना-जुत्ता हान्नु, अपमानित हुनु), जूतों से खवर लेना -जुत्ताले पिट्नु), जूता से बात करना-जुत्ता लगाउनु ) ।

हिन्दी भाषामा जुत्ताको विशेषता के छ भने यहाँ ‘जुत्ता’ मात्रै हुँदैन, ‘जूती’ पनि हुन्छ । महिलाका जुत्तालाई ‘जुती’ भनिन्छ । टुक्कामा जूतीको प्रयोग पनि बग्रेल्ती भेटिन्छ । जूती की नोक पर मारना -केही नसम्भिmनु), जूती की नोक से -के मतलब, कुनै चिन्ता नराख्ने), जूती के बराबर नसमझना -तुच्छ, हेय), जूती बगल में दबाना -बिस्तारै लस्किनु), जूती सीधी करना -नीच काम गर्नु), जूतियों का सदक-कृतज्ञता ज्ञापनको विनीत प्रकार), जूतीदाल बटना -लडाईँ-झगडा हुनु) आदि केही उदाहरण हुन् ।

संस्कृत भाषामा जुत्तालाई पादुका तथा उपानह भनिन्छ । यही पादुकालाई नेपाली भाषामा खराउ वा खडाउ भनिएको हो । काठका फल्याकको चट्टी जस्तो जुत्ता हो यो । यसलाई ‘कठपाउ’ पनि भन्दछन् । आर्य संस्कृतिमा ‘पादुकादान’ अर्थात् जुत्ता दान दिने प्रचलनले समेत जुत्ताको महत्व झन् बढाउँदै ल्याएको प्रष्ट हुन्छ ।

नेपाली भाषामा जुत्तालाई पाउपोस, पाउलो पनि भनिन्छ । तामाङ ‘लखाम’ भन्छन्, नेवारीमा ‘लाकाँ’ हो यो, लिम्बुका भनाइमा ‘लाफ्ोप्पा’ लेप्चामा ‘हृलोम’ र सुनुवार भाषामा ‘पनै’ भनिन्छ ।

जुत्तासँग सम्बन्धित केही रूप-रङ नेपाली भाषामा पनि छन् । जुत्ता खानु -जुत्ताले पिटी माग्नु) त छँदैछ, जुत्ताले पिटिनुलाई ‘जुत्तिनु’, जुत्ताको प्रहारलाई ‘जुत्याइ’ जुत्ताले हानिनुलाई ‘जुत्याइनु’ र जुत्ताले हान्नुलाई ‘जुत्याउनु’ भनिन्छ । ‘जुत्ती’ चाहिँ सानो खालको जुत्ता जनाउने शब्द हो भने फाटेर थोत्रो भएको जुत्ता भने ‘जुत्तो’ कहलाउँछ ।

शिरमा लाउने टोपी हजुर पाउमा लाउने जुत्ता

मेरो मन दोमन भयो यता जाउँ कि उत्ता ।।

गीतका पङ्क्तिमा पनि जुत्ता शोभायमान छन् । टुक्कातर्फ हेर्दा खुट्टा भए जुत्ताको खाँचो हुँदैन अथवा खुट्टा भए जुत्ता कति-कति ? जुत्ताको घाउ जुत्तैले निको हुन्छ जस्ता प्रयोग भेटिन्छ । बच्चाबच्चीको मनोरञ्जनात्मक खेलमा पनि जुत्ताले यसरी ठाउँ लिएको छः हृवाट इज दिस-फाटेको जुत्ता नम्बर तीस ।

जुत्तालाई जुत्तैका ठाउँमा राख्नुपर्ने भनाइ रहे तापनि जुत्तालाई ठूलो सम्मान गरिएको प्रशस्ति पनि यहाँ पाइन्छ । राजगद्दीमा दाजु रामको जुत्ता ससम्मान राखेर भरतले राज्य गरेको उम्दा उदाहरण आदि महाकाव्य रामायणको सप्रमाण प्रस्तुति हो ।

जमानादेखि विश्वव्यापी प्रचलनमा रहेको जुत्ता विविध सन्दर्भबाट ठूलो शोध, अनुसन्धान र महाग्रन्थको विषय हुनसक्ने वास्तविकता त एकातिर छँदैछ, हालका केही समय यता ‘जुत्ता प्रहार’ को विषयले थपेको अध्याय झनै उल्लेख्य बन्नपुगेको छ ।

ठूला नेतालाई जुत्ता प्रहार गरेर नाउँ कहलाउनेमा इराकी पत्रकार अगुवा बनेका छन् । ‘मुन्तदार अल जैदी’ नाम भएका ती पत्रकारले अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुसमाथि जुत्ता प्रहार गरेपछि यो ‘जुत्ताकाण्ड’ सबैको चासो र उत्सुकताको पक्ष बन्नपुग्यो । इराक भ्रमणमा रहेका त्यतिखेरका अमेरिकी राष्ट्रपति बुस इराकी प्रधानमन्त्री नुरी अल मलेकीका साथमा पत्रकार सम्मेलनमा सरिक हुँदा उनीमाथि जुत्ता प्रहार गरिएको थियो ।

सो घटनाको केही महिनापछि चिनिया प्रधानमन्त्री वेन जिआवाओमाथि जुत्ता प्रहार गरियो । उनी बेलायत भ्रमणका क्रममा क्याम्बि्रन विश्वविद्यालयमा भाषण गरिरहेका बखत सोही विश्वविद्यालयका शोधकर्ता २७ वषर्ीय मार्टिनले जुत्ता प्रहार गरेका हुन् ।

जैदी र मार्टिनपछि जुत्ता प्रहारकै कारण चर्चामा आए- जरनैल सिंह । हिन्दी पत्रिका ‘दैनिक जागरण’ का समाचारदाता सिंहले भारतीय गृहमन्त्री तथा काङ्ग्रेस नेता पी. चिदम्बरममाथि जुत्ता प्रहार गरेका हुन् । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको उनकै सिख अङ्गरक्षकले हत्या गरेपछि हिंसा भड्किएको र हिंसामा तीन हजारभन्दा बढीको ज्यान गएको र त्यसमा सिखहरू बढी मारिएका थिए । काङ्ग्रेसले सन् १९८४ को सो सिख विरोधी प्रदर्शनलाई समर्थन गरेको र त्यतिखेरको विवादास्पद विधायक जगदीश टाइटलरलाई सीबीआईले चोख्याइदिएको सन्दर्भमा समुचित उत्तर नदिइएकाले जुत्ता हानिएको भनाइ आक्रोशित सिंहको रहृयो ।

नयाँ दिल्लीमा गत महिना आयोजित पत्रकार सम्मेलनमा चिदम्बरममाथि भएको जुत्ताकाण्डले अर्को रूप कुरूक्षेत्र, हरियाणामा देखायो । आमचुनावका प्रत्याशी नवीन जिन्दलमाथि एक पूर्वशिक्षकले जुत्ता प्रहार गरी आˆनो असन्तुष्टि पोखेका थिए ।

भन्नेका तर्क अनेक होलान् । जुत्ता हान्न तम्साउने नेता पनि कम छैनन् । ‘तिलक, तराजु और तरवार-यिनको मारो जुते चार’ यो नारा भारतको बहुजन समाजवादी पार्टीकी नेतृ मायावतीले निकै चलाइन् । ब्राहृमण, क्षत्री र वैश्यका विरुद्ध भड्काइएको यस नाराले सामाजिक सद्भावको खिल्ली उडाउनपुग्यो । अहिले मायावतीलाई जतिसुकै पछुतो भएको देखाइए तापनि गहिरिएको घाउमा लगाउने मलम जनतासँग छैन ।

‘बाहुनलाई काशी-क्षेत्रीलाई फाँशी’ नेपालमा यस्ता नारा सुन्न थालिएको छ । ‘ल्हासा गोत्रका ल्हासा र काशी गोत्रका काशी लागून्’ स्वर पनि चर्कन नथालेको होइन । यसो हुने हो भने बाँकी नेपाली को बच्ने ? सबै नेपाली दाजुभाइ , दिदीबहिनीका बीचमा कसले यसरी विषबिउ छरिरहेको

छ ? अहिल्यै नखोज्ने हो भने पछुतोको विकल्प होला र ?

जेहोस्, जुत्ता प्रहारको प्रभाव यहाँ आई नसकेकामा सन्तोष मान्नैपर्छ तर के पनि बिर्सन हुन्न भने हाम्रो, संविधान सभाको पहिलो बैठकमा जुत्ता चाहिँ उठेकै हो । जुत्ता चाहे जहाँ चलोस् राम्रो होइन, आमजनले जुत्ता उठाउनै नपर्ने स्थिति देशका महारथीहरूले सिर्जना गर्नैपर्छ । यसका निम्ति ‘ठूलालाई चैन र सानालाई ऐन’ को परिपाटी त अन्त्य हुनैपर्छ, साथमा ‘आˆनालाई चैन र पराइलाई ऐन’ को विषमतामूलक स्वेच्छाचारी प्रवृत्तिको पनि गर्धन निमोठ्नैपर्छ । नत्र आम निरीहजन न्यायका लागि कहाँ जाने ?

जुत्ताको उपयोगिता जे जस्तो भए तापनि एउटा तीतो सत्य के हो भने अहिले पनि कैयन् नेपाली दाजुभाइ, दिदी बहिनीले जुत्ता लाउन पाएका छैनन्

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: