तामाङ भाषामा फिल्म

 धुन्चे पर्तिरको गोल्जुङ गाउँ यस्तो थलो हो, जहाँ स्कुल जानेमा अधिकांश केटी हुन्छन्, केटाहरूचाहिँ प्रायः गोठालो । तामाङ बहुल यो गाउँमा अन्यत्रको तामाङ समुदायको भन्दा भिन्न भाषा, संस्कृति र परम्परा पनि छ, गाउँलेहरू पढाइलेखाइभन्दा परम्परागत जीवनमा अल्भिmन चाहन्छन् । रसुवा सदरमुकामछेउको त्यही गाउँको यही कथालाई केही तन्नेरीले पर्दामा उतारेका छन् । ईएस क्रियसनले शैक्षिक चेतना जगाउने ध्येयले तामाङ भाषाको ‘गोदेवा’ -गोठालो) निर्माण गरेको हो । सुजन लामा निर्देशित चलचित्रको राजधानीमा सोमबार पि्रमियर शो गरियो । चलचित्रमा स्कुल नगई गोठालो जान बाध्य तामाङ समुदायको कथा छ । गरिबीका कारण साहुको ऋण लिन बाध्य हुनुपर्ने अवस्था र चुक्ता गर्न वषौर्ंसम्म गोठालो बस्नुपर्ने पीडा चलचित्रको मूल कथा हो । धेरै दौंतरी किताब च्यापेर पढ्न जाँदा मूल पात्र लाक्पाचाहिँ परिवार छाडेर लेकमा गोठाला बस्छ । पढ्ने चाहना हुँदाहुँदै उनको किशोर वय घाँस र गोबरमा बित्छ । स्कुल जाने गाउँकै युवती डोल्मा र एक शिक्षकको सहयोगमा लाक्पाले अक्षर सिक्छ र एसएलसी पास गर्छ । यसबीच अशिक्ष्ााका कारण गाउँमा एउटा नमीठो घटना हुन्छ, शिक्षकसँगै लाक्पा केटाकेटीलाई स्कुल पठाइदिन आग्रह गर्दै गाउँ पस्छ । गोल्जुङकै वेशभूषा, दृश्यचित्र र संस्कृति -केही मात्रा) चलचित्रका आकर्षक पक्ष हुन् । तर काभ्रेको तिमाल क्ष्ाेत्र र सिन्धुलीतिर बोलिने तामाङ भाषा प्रयोग भएकाले गोल्जुङकै स्थानीय भाषामाथि भने चलचित्रले अन्याय गरेको छ । गीतमै पनि तामाङ सेलोभन्दा रसुवामै प्रचलित ‘म्हेन्दोमाया’ र ‘म्हाने नाच’ प्रस्तुत गरिनुपथ्र्यो । यद्यपि सबैभन्दा बढी निरक्ष्ार संख्या रहेको तामाङ समुदायका लागि चलचित्रले सकारात्मक भूमिका खेल्न सक्छ । एचडीभी फम्र्याटमा खिचिएको चलचित्रको छायांकन केही फितलो छ । पासाङ तेन्जिङ शेर्पा निर्माता र ज्ञानबहादुर तामाङ सहनिर्माता रहेको चलचित्रमा लाक्पाको भूमिकामा तेजबहादुर तामाङ र डोल्माको भूमिकामा पार्वती तामाङ छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: