जातीय मुद्धाले राष्ट्रिय अखण्डमा असरः राष्ट्रपति

१५ अप्रिल, ०९ । राष्ट्रपति डा. रामबरण यादवले मुलुक शान्तिको प्रक्रियामा रहेको बेला जातीय मुद्दा उचालेर अगाडि बढ्दा राष्ट्रिय अखण्डतामा असर पुग्ने बताउनुभएको छ ।

2a509rastapati1

वर्गीय विभेद अन्त्य गर्न लोकतान्त्रिक विधि अपनाउँदै विवेकपूर्ण सहमतिमा अगाडि बढ्न उहाँले सबैलाई आग्रहसमेत गर्नुभयो । नेपाल चिकित्सक सङ्घको आजदेखि सुरु भएको २४ औँ सम्मेलनको उद्‌घाटन गर्दै राष्ट्रपति डा. यादवले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि चिकित्सकहरूको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेलले जनस्तरसम्म स्वास्थ्यको पहुँच पुर्‍याउनका लागि नीतिहरूको परिवर्तन र कार्यान्वयनको पक्षलाई सँगसँगै लैजानुपर्ने बताउनुभयो । दूर्गममा स्वास्थ्य सेवा पुर्‍याउन त्यस्ता क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीलाई विशेष सुविधाको व्यवस्था गर्नका लागि सरकारले कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवामा साझेदारीको सम्बर्द्धन भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा चिकित्सा क्षेत्रमा विकसित पछिल्लो प्रविधिका विषयमा छलफल गर्नुका साथै चिकित्सकहरूको अनुभवसमेत आदानप्रदान गरिने कार्यक्रम रहेको चिकित्सक सङ्घका अध्यक्ष डा. केदारनरसिंह केसीले जानकारी दिनुभयो । सम्मेलनमा करिब एक हजार भन्दा बढी चिकित्सकहरूको सहभागिता रहने बताइएको छ । विदेशबाट पनि सम्मेलनमा प्रतिनिधिहरू सहभागी हुने सङ्घले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: