२०६५ लाई फर्केर हेर्दा

 

युगान्तकारी परिवर्तनको वर्ष
हामी यतिबेला २०६५ सालको अन्तिम हप्तामा छौँ । वर्ष २०६५ धेरै हिसाबले नेपाली इतिहासमा अविस्मरणीय र ऐतिहासिक वर्ष ठहरिनेछ । हामीले यही साल नेपालमा ६० वर्षदेखि प्रतिक्षित सार्वभौम जनताले चुनेका मानिसहरुबाट नयाँ संविधान लेखन गर्ने काम थाल्यौँ । हामीले यही वर्ष संविधानसभाको पहिलो बैठकबाट दुई हजार वर्षभन्दा पनि पुरानो नेपालको सामन्ती राजतन्त्रलाई शान्तिपूर्वक बिदाइ गर्‍यौंर नेपालको इतिहासमा पहिलोपटक लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यौं । 

२४० वर्ष पुरानो केन्द्रीकृत र एकात्मक राज्यलाई अन्त्य गर्दै संघीयतालाई नयाँ संविधानको अभिन्न अङ्ग बनाउने ऐतिहासिक निर्णय पनि यही वर्ष भयो । ३५ प्रतिशत जनजाति३३ प्रतिशत महिला३२ प्रतिशत मधेसी८ प्रतिशत दलित३ प्रतिशत मुसलमानमुसहरचेपाङ र राउटेका प्रतिनिधिसहित नेपालको सम्पूर्ण जनसंख्याको सामाजिक बनोटको प्रतिविम्ब भएको अत्यन्त समावेशी संविधानसभा पनि यसै वर्ष अस्तित्वमा आयो । देशको राष्ट्रपति,उपराष्ट्रपति र परराष्ट्र मन्त्री जस्तो गरिमामय पदमा मधेसी समुदायको व्यक्ति चुनिने घटना पनि नेपालमा यसै वर्ष घट्यो । संविधानसभा जस्तो ऐतिहासिक निकायमा जनजातिका व्यक्ति अध्यक्ष र महिला उपाध्यक्ष हुने स्थिति पनि यसै साल बन्यो ।

आपसमा फुटेर लड्दा पनि संविधानसभाजस्तो निर्वाचित सर्वोच्च निकायको ६२ प्रतिशत हिस्सामा वामपन्थीको वर्चस्व रहने अभूतपूर्व स्थिति पनि यसैसाल देख्नपाइयो । कम्युनिष्टहरुको प्रष्ट बहुमत भएको संयुक्त सरकार पनि नेपालमा पहिलो पटक यही वर्ष बन्यो । शान्तिपूर्ण मतदानबाट यति धेरै वामपन्थीहरु देशको विधान र भाग्य कोर्ने सर्वोच्च निकायमा र देशको नेतृत्व गर्ने सरकारमा आएको नेपालको यो पहिलो घटना हो ।

यी सबै कोणबाट हेर्ने हो भने २०६५ साल नेपालको इतिहासमा अविस्मरणीय वर्ष हो । विश्वको कुनै पनि मुलुकमा एकै वर्षमा यति धेरै उथलपुथलकारी परिवर्तन सितिमिति हुने गर्दैनतर नेपालमा यो वर्ष त्यस्तो भयो । यस अर्थमा यो युगान्तकारी परिवर्तनको वर्ष हो ।

अन्धकारका संवाहकहरुको वर्ष

तर यो वर्ष केवल उज्यालो नै उज्यालोले भरिएको छ भन्ने कुरा होइन । यो उज्यालोको छेवैमा घना अन्धकारको पाटो पनि साथसाथै रहेको छ । यति सुरम्य उज्यालोलाई अन्धकारको ब्ल्याक होल्ले निल्न खोज्ने घटना पनि यसै वर्ष भएको छ ।

सहमतीय राजनीतिको अपार उर्जाले यस वर्ष यति उथलपुथलकारी परिवर्तन सम्भव भएको होजुन विगत ७० वर्षमा सम्भव भएको थिएन । तर चुनावमा आफूले सोचेको परिणाम आएन भनेर प्रतिक्रियात्मक रुपमा केही ठूला दलको पहलमा जनताको जनादेशविपरित त्यही सहमतीय राजनीतिलाई समाप्त पार्ने कार्य यो साल प्रारम्भ भएको छ । २०६५ सालको सुरुसँगै सहमतिसहिष्णुता र समझदारीको राजनीतिलाई बाग्मतीमा बगाएर असहयोगअसहिष्णुता र अराजक राजनीतिलाई बढावा दिने कार्य सुरु भएको छ । यसले शान्तिप्रक्रिया र संविधानसभा दुबैलाई नराम्ररी प्रभावित पार्न थालेको छ । दुबै चर्को संकटको घेरोमा परेका छन् । अहिलेकै असहिष्णुताअसहमति र असहयोगको प्रतिक्रियात्मक राजनीतिले निरन्तरता पाउने हो भने न त बेलैमा अग्रगामी नयाँ संविधान लेखिन सम्भव देखिन्छन शान्तिप्रक्रिया टुंगोमा पुग्न ।

सरकारको नेतृत्व गर्ने स्थानमा यो वर्ष नेकपा माओवादी पुगेको छ । तर सरकारको नेतृत्व गर्ने ब्यक्तिको न त प्राथमिकता के हो भन्ने कुरा सुस्पष्ट देखिन्छन यो सरकारमार्फत गर्न सकिने युगान्तकारी र परिवर्तनकारी काममै उसको कुनै जोड र चाख देखिएको छ । धेरै राम्रो जनसमर्थनको स्थितिसरकार र संसद दुबैमा वामपन्थी बहुमतको स्थितिधेरै राम्रा परिवर्तनकारी काम गर्ने सम्भावना र आफ़्नै स्थितिको बाध्यताले दाताहरुको पनि सकारात्मक रुख भएको अन्तर्राष्ट्रिय परिस्थितिलाई यो सरकारले आफ़्नो गन्तव्य र प्राथमिकता नै प्रष्ट नहुनाको कारणले अनाहकमा धमाधम गुमाउँदैछ । अगाडि परेका सबै काम प्राथमिक काम,अवसरको खोजमा प्रशंसाको कार्पेट बिछ्याउँदै भेट्न आएका वा पार्टीमा भित्रिएका सबै मौकावादी मान्छे आफ़्ना मान्छेर सामुन्ने उभिएको मान्छे वा भीड हेरेर मुखमा तत्काल जे बोल्न आयो त्यही बोल्नयोग्य कुरा भन्ने ढंगले यो सरकारको नेतृत्व चलिरहेछ । सबै अनुकूल परिस्थितिका वावजुद यो सरकारको अधोगति र दुर्दशाको मूल कारण नै यही बनिरहेछ । अहिलेसम्म परिवर्तनको अनुभूति नै गर्न नपाएका वर्गसमुदाय र क्षेत्रलाई परिवर्तनको अनुभूति सरकारले कहीँ कतै दिनसकेको देखिँदैन । वामपन्थीहरु जङ्गल वा सडकमा बसेर राम्रा कुरा गर्न सक्छन्तर सरकारमा बसेर बोलेको जस्तो असल काम गर्न सक्दैनन् भन्ने नकारात्मक सन्देश प्रवाहित हुने बिन्दुमा यो सरकारको नेतृत्वले यो वर्ष देशलाई पुर्‍याउँदैछ । यो वर्षको सबैभन्दा अँध्यारो पक्ष नै यही हो । यो वर्ष सरकारले गरेको काम हेर्दा दश वर्ष लामो जनयुद्ध यही नेतृत्वले कसरी सफलतापूर्वक हाँक्यो होला भनेर प्रश्न उठ्ने खण्ड पैदा भएको छ ।

सरकारमा रहेको वाममन्थी नेतृत्वको प्रभाव यसको प्रगतिशील कामकार्यक्रम र नीतिका रुपमा व्यवहारमा देखिएको छैन । संविधानसभामा रहेको वामपन्थी अत्यधिक बाहुल्यको स्थितिको असर नयाँ संविधान लेखनमा प्रगतिशील अन्तर्वस्तुका रुपमा देख्नपाइने छाँटकाँट अहिलेसम्म देखापरेको छैन । उनीहरुका बीच यस बारेमा छलफलसम्म पनि हुनसकिरहेको देखिँदैन । बरु यसको विपरितवामपन्थी दलहरु यदुवंशको शैलीमा आपसमा लाप्पा खेल्दै अरुले स्वाहा पार्न नसके पनि आफैंले आफ़ैलाई स्वाहा पार्ने बिन्दुमा यस वर्ष जोडले लम्किरहेको देखापरिरहेछ । सरकारमा रहेको नेतृत्वदायी दलले हत्याराको आरोप लागेको आफ़्नै दलको संगठित सदस्यलाई गिरफ़्तार गरेर न्यायको कठघरामा उभ्याउन नसक्नु लाजमर्दो नालायकीपन हो । त्यस्तै लाजलाग्दो कुरो सरकारमा रहेको निर्णायक शक्तिले संघर्षका र दबाबका अरू अनेकौँ उपाय हुँदाहुँदै संविधान लेखन नै प्रभावित हुने गरी संसदलाई निरन्तर अवरुद्ध गर्नु हो । तर दुवै घटना यस वर्ष हामीले देख्न परिरहेछ ।

यो वर्ष महँगी १३ प्रतिशतको दरले बढिरहेछ । दिनको १६ घण्टा लामो लोडसेडिङले उद्यम व्यवसाय र सामाजिक जीवनलाई विकराल र दुर्दशाग्रस्त बनाइरहेछ । सात प्रतिशतका दरले बढ्ने भनिएको आर्थिक वृद्धि यस वर्ष चार प्रतिशतमा खुम्चिने छाँटकाँट छ । यसले देशको अर्थतन्त्रमा निकै ठूलो नकारात्मक असर पार्ने निश्चित छ । एकजना तल्लो जात र वर्गकी महिलालाई स्कूलकी प्रधानाध्यापिकाले मलमूत्र कोच्याउने घटना यस वर्ष राजधानीको मुटुमा नै भएको छ । महिलामाथिको हिंसा यो वर्ष चर्को गतिमा बढेको छ र समाजमा अपराध यत्रतत्र ग्रस्त पारिरहेछतर राज्यको उपस्थिति कतै देखिदैनकोही अपराधी दण्डित हुँदैनन् । विदेशीहरुको चलखेल यो वर्ष चौपट्टै बढ्यो । परन्तु देश र जनताको ढाड भाँच्ने यी सवालमा बोल्ने र सशक्त संघर्ष गर्ने प्रतिपक्ष यो वर्ष कतै देखिएन । हाम्रो प्रतिपक्षको आवाज तब मात्र सशक्त भएको देखियोजब उमेर पुगेका आठजना जर्नेलले कानुन र नियमबमोजिम अवकाश पाए ।

हामीले देशको राजतन्त्र त ढाल्यौँतर राजनीतिक दलका टाउका टाउकामा एकएक थान राजतन्त्र ढलिमली गरिरहेको यसै वर्ष पनि देखिँदैछ । मिलीजुली प्रकारको संयुक्त मन्त्रीमण्डल हुनेतर त्यसमा अधिकांश मन्त्रीको राय के छ त्यसको वास्ता र प्रवाह नहुनेएकजना सरकारप्रमुखले आफूखुशी राय राखेपछि त्यही हाबी र लागू हुने भनेको असलमा राजतन्त्र नै त हो । एकजना नेता काम गर्न बिल्कुलै अक्षम भइसके तापनि नमरुञ्जेल नेता भइरहनेअर्को कुनै सक्षम व्यक्तिले उ नमरुञ्जेल उसलाई प्रतिस्थापित नै गर्नु नहुनेगरिहाले पनि उसका छोरा वा छोरीले मात्र उत्तराधिकारीको कार्य गर्नुपर्ने भनेको सारमा राजतन्त्र नै त हो । सिंगो दलभरिका अधिकांश नेता कार्यकर्ताको राय वा विचार एउटा हुनेतर त्यसलाई एकाधजना निरंकुश नेताको रायविचार वा हुकुमले किच्ने भनेको यथार्थमा राजतन्त्र नै त हो । दलको बैठक बसेर संसदीय दलको नेता चुन्नुनपर्नेमै हुँ नेता भनेर एकजना अगुवाले आफैंले आफैंलाई नेता घोषित गरेपछि उही नेता ठहरिने भनेको सारमा राजतन्त्र नै त हो । यो वर्ष राजनीतिक रुपमा मात्र राजतन्त्र सिद्धियोतर चरित्र र संस्कृतिमा त राजतन्त्र यत्रतत्र देखापरिरहेको छ । हामीलाई देशको राजतन्त्र ढाल्न त्यति गाह्रो भएनतर पार्टीको राजतन्त्र ढाल्न महामुश्किल परिरहेछ ।

यसरी हेर्दा यो वर्ष केवल उज्याला उपलब्धिको वर्ष मात्र रहेको छैनयो अन्धकारका संवाहकहरुको वर्ष पनि रहेको छ । हामी यतिबेला प्रबल सम्भावना र चरम सङ्कटहरुको दोबाटोमा खडा छौँ । देश अर्को वर्ष कता जाने हो त्यो नागरिकहरुको सचेत हस्तक्षेप कस्तो रहनेछ भन्ने कुराले निर्धारण गर्नेवाला छ ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: