समस्या, राष्ट्रको भविष्य र नेपालीहरुको अपेक्षा

मुलुकको पछिल्लो ५० वर्षको इतिहास अत्यन्तै उतारचढावमा वितेको छ । स्थायी समाधान अझै पनि निस्कन सकेका छैनन, छिमेकी मुलुकहरु तुलनात्मकरुपमा धेरै अगाडि वढिसकेका छन् तर नेपालमा भने लगभग ५० बर्षको बिचमा ५ वटा नयाँ संबिधानहरु जारी भएतापनि जनसंबिधान दिन सकिएको छैन । हाम्रो मुलुक बिकास निर्माणमा गति लिनुको सट्टा कुहिरोभित्र हराएको काग जस्तै भएर भड्किएको छ, यसरी भड्किनुका पछाडि धेरै कारण बिध्यमान छ्न जसमा एउटा कारण बिदेशी चलखेल पनि हो ।

मुलुक भित्रका राजनीतिक परिवर्तनहरुमा प्रत्यक्ष परोक्ष छिमेकी मुलुक भारत गासिने गरेको छ चाहे सुगौलीसन्धी होस् चाहे १९५० को सन्धी, २००७ को दिल्ली सम्झौता देखि २०४६ को जनान्दोलन र २०६३, ६४ दोस्रो जनआन्दोलन सम्म आईपुग्दा भारतले नेपालको राजनीतिक परिवर्तनमा कुनै हात छैन भन्नु झुट र बेईमान् सिवाय केही पनि होइन । नेपालमा हरेक परिवर्तन पछि पनि नेपाली जनताको जीवनशैलीमा कुनै परिवर्तन आउन सकेन जस्का कारणाहरु हाम्रा राजनेताहरुलाई राम्रोसँग थाहा छ, मौका पाए भने घन्टौसम्म सुरिलो स्वरमा भाषाण दिन सक्छन तर त्यही भाषणलाई कार्यान्वयन गर्ने सवालमा बाटो विराएकाहरुको हुल हाम्रो मुलुकमा बल्ग्रेल्ती छ । यो स्थितिमा नेपालको राष्ट्रिय स्वार्थप्रति चिन्ता जाहेर गर्नेहरुको लागि निकै सम्वेदनशील समय हो र राष्ट्रलाई एउटा ऐतिहासिक् र सकारात्मक् निकासमा पूराउन सवैले राष्ट्रिय स्वार्थबाहेकका सवै निचस्वार्थलाई त्याग्ने बेला आएको छ । यसले मात्र नेपालको सार्वभौमिकताको रक्षा हुनसक्छ ।

बहुदलिय ब्यवस्थाको स्थापना भएपछिका दिनहरुमा मुलुकले भोगेको समस्या भनेको राज्य शक्तिको चरम दुरुपयोग हो । पञ्चायतको अन्त्यपछि नेपालको राज्यसत्ता एउटा सन्तुलित स्थितिमा थियो तर अधिकांश समय सरकार चलाउने जिम्मा पाएको नेपाली कांग्रेस त्यस स्थितिलाई कहिल्यै बुझ्न सकेन शक्ति सन्तुलनको स्थितिलाई ब्यवस्था गरेर आत्मगतरुपमा राज्यशक्तिलाई हस्तक्षेपकोरुपमा प्रयोग गरियो जसको उपज एकाएक एकाधिकारको मानसिकताले जन्म लियो । सत्तामा रहिरहनको लागि जस्तासुकै हत्कन्दा पनि अपनाउन पछि परेनन । सधैंभरी दलगत स्वार्थभन्दा माथि जान सकेन र यथास्थितिबाद्को गोलचक्करमा फ़न्को मारीनै रह्यो । नेपालको राजनीतिमा यथस्थितिवाद प्रमुख खतरा बनेर उभिएको छ, यसको राजनीतिक नेतृत्व नेपाली कँग्रेसले गरे पनि सवैतिर छरिएर बसेका सुधारवादी, जडत्रवादी र दलाल पूँजीवादले हरपल सहयोग गरिरहेका छन ।

सच्चा लोकतन्त्रबादी, देश भक्त, जनबादी शक्तिहरुले चौतर्फी रुपमा यो यथस्थितिबादी प्रबृक्तिका बिरुध्दमा साहसकासाथ संघर्ष गरेर देशलाई स्वाधिन मुक्त र रुपान्तरण गर्नुपर्ने भएको छ । यथस्थितिबाद नेपाली राजनीतिको आलोच्य र पींडादायी पक्ष हो दस बर्षको जनयुदले पुरानो सत्तालाई चकचुर पारी स्थापना गरिएको नयाँ सत्तालाई पुनस् यथस्थितिवदिहरुको समिकरणले घेरा हाल्नु तमाम श्रमजीवी जनताको लागि चिन्ता र चुनौतीको बिषय हो १यथस्थितिबादले जनताको चाहनालाई निलिदिन्छ नेपाल र विश्वभरिकै जनताले नेपालमा छिट्टै आमुल परिवर्तनको अपेक्षा गरेका छन भने बर्तमान सरकारलाई मुलुकमा नयाँ संबिधान बनाउने बेलासम्म निरन्तर सरकार चलाऊने अनुमती दिएकै वेला यथास्थितीबादी हरु लोकतन्त्रको हल्ला पिट्दै सहमती र सहकार्यको खोक्रो नारा भट्याउंदै छन, क्रान्तिकारीमाथि अनैतिक र झुट्टा आरोपहरु थोपर्दै छन, उनीहरुले जतिसुकै रंगीबिरंगी तर्क गरेता पनि इतिहासमा धेरैपटक नेपाली जनतालाई ढोका दिने चौपट पार्ने, पराजित बनाउने यथास्थितिबादीहरु त्यति कमजोर र सिधा छैनन, बरु उनीहरु धुर्त, कुरुप, पाखन्डी छन । यो सबलाई महान नेपाली जनताले राम्रोसँग पहिचान गरेका छन ।

त्यसैले सम्पूर्ण अग्रगामी शक्तीहरुले पनि चौतर्फीरुपवाट एउटा मोर्चा निर्माण गरी यथस्थितीवादी प्रबृक्ति को सामना गर्नैपर्छ लोकतन्त्रमा झुटो नकाव लगाइ राष्ट्रघाती, जनघाती काम गर्ने माथि हस्तक्षेप गर्नैपर्छ यो सवै कामको नेतृत्व ए. नेकपा माओवादीले गर्न त पर्छ नै संगसंगै सवैतिर फराकिलो सोंच बिशाल बिचारले भरिएका बामपन्थी मोर्चाको आवश्यकक्ता देशले महसुस गरेको छ, जसको लागि माओबादीले केही कार्यकर्ता चाहे तिनिहरु रैथाने हुन् चाहे नाम र दामको खोजिमा भौतारिदै आईपुगेका आगन्तुक कार्यकर्ता हुन उनीहरुलाई पार्टीको बिधिको लगामले कस्न सकेनौ भने प्रतिक्रान्ति तम्तयार छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: