नयाँ बर्षको आगमन सगै पलाएका आशाहरु..

हुन त दर्जनौ नयाबर्षहरुको अनुभब गरिएको छ। आशाहरुको त कुरै नगरौ। संसारको कुनै पनि ब्यक्तिमा आफ्नै किसिमको आशा हुन्छ। फरक यति छ कसैको आशा पुर्ति हुन नयाँबर्ष या बिशेष दिन आउनु जरुरी छैन भने कसैको आशा आशा मात्र हुन सक्छ कैले पुर्ति हुन सक्दैन। आज सोचछु बिदेसिनु कुन जुनीको पाप रहेछ। जुन परिवारलाई खुशी बनाउनको निम्ती यि पैलाहरु बिदेश लम्किएका थिए आज यही पाइला लड्बडाउदा खुशी हैन मैले परिवारलाई दु:ख र आशु मात्र दिन सफल भएको छु। एक छिन् खुशी हुन पुग्छु एक्लै हासिरहेको हुन्छु अनी कसैको जानकारीबाट थाहा हुन्छ हँ म त बिगतका कुराहरु सम्झिरहेको रहेछु झसँग भएर आफुलाई सतर्क बनाउने कोशीस। त्यो दिन सम्झन्छु जब जर्मनीको लागि भिसा लागेको थियो। खर्चको कुर नगरु सम्झेर ऐले आफ्नै जिउ जिरिङ्ग हुन्छ। अनी खुशीका साथ् नयाँ आशा नयाँ उमङ सँगै बिदेश लम्केको त्यो दिन र आमाको बिछोड पूर्ण बेदनाले भरिएको आशु। बिदेश जाने हर्षले मैले मेरो आमाको त्यो आशुलाई बुझ्ने कोशीस सम्म गरिन।आज त्यही आशुले मलाई पोलिरहेको छ। दिन हैन महिना हैन एक बर्ष पनि हैन यो छैठौ बर्ष हो मैले बिदेशमा अनुभब गरेको। बिगतमा मेरा आशाहरु स्वार्थ पूर्ण थिए। बिदेश न हो त्यो पनि युरोप। यहाँको कथा ब्यथा यही आउने मान्छेहरुलाई थाहा हुन्छ अचानोको खै कस्लाई मात्र थाहा हुन्छ भनेझै युरोपको कथा नेपाल बस्ने हरुलाई के थाहा हुन्थियो र। यहाँ हरेक नेपालीको आफ आफ्नै कथा छ। मुखमा हासो मुटुमा चोट। हासो देख्न सजिलो हुन्छ तर मन भित्रको चोट बुझ्ने कसैले सक्दैन। त्यस्तै चोट म भित्र गुम्सिएर उकुस्मुकुस भैरहेको छ। तर मैले हिम्मत हरेको छैन। मेरा मृत आशाहरु फेरी एकपटक पलाएक छन। नयाँ बर्ष सगै मलाई यो आशामा जिउने क्ष् मता मिलेको छ।  मेरो मन फेरी उमंगले भरिएको छ। आशाहरु पलाएका छन। हे नयाँ बर्ष तिमीलाई स्वागत छ। म पहिले नै दुखी छु तिमीले के दु:ख ल्याएको छौ होला र। मेरो नयाँ आशा म मेरो आमालाई भेट्ने छु जो बर्षौ मेरो प्रतिक्षामा…  यसपाली म अबस्य आउछु आमा। म आउछु। म आउँदै छु।

2 Responses to “नयाँ बर्षको आगमन सगै पलाएका आशाहरु..”

  1. rashu Says:

    am soooo….impress 4 ur fellings.compliments n bravo.

    Like

  2. tula Says:

    hahah dami cha hai ko le lekhe ho yo .?

    Like


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: