मुलुकभर बोलिने भाषाको अध्ययन सुरु

मुलुकभर बोलिने भाषाको पहिलोपटक अध्ययन सुरु भएको छ । पूर्व झापाबाट भाषा सर्वेक्षणका लागि भाषाविद्को टोलीले काम थालेको हो ।

 

शुक्रबारबाट झापाका ४७ गाविस र तीन नगरपालिकामा विभिन्न समुदायले बोल्ने भाषाको सूक्ष्म अध्ययन गरिने भाषाविद् प्राध्यापक डा. माधवप्रसाद पोखरेलले जानकारी दिए । झापामा बहुभाषिक समाज भएकाले झापाबाट भाषा सर्वेक्षण सुरु गरिएको हो ।

प्राध्यापक डा. पोखरेल, प्राध्यापक डा. चूडामणि बन्धु, प्राध्यापक डा. नवलकिशोर राई, प्राध्यापक निर्मलकुमार तुलाधरसहितको २३ सदस्यीय भाषाविद् टोलीले २० देखि २५ दिनभित्र जिल्लाका विभिन्न भाषाको सर्वेक्षण गर्नेछ । भाषा सर्वेक्षणका लागि राष्ट्रिय योजना आयोगले एक वर्षअघि सरकारलाई सिफारिस गरेको थियो ।

पछिल्लो राष्ट्रिय जनगणना २०५८ बाट पत्ता लागेका भाषा र थप अन्य भाषाको सर्वेक्षण गर्ने लक्ष्य टोलीले लिएको छ । भाषाको अध्ययन प्रश्नावली र शब्दावली दुई किसिमबाट हुनेछ । ‘एकै गाउँमा सबैभन्दा बढ्ता बोलिने भाषा जहाँ छन्, त्यहीँबाट अध्ययन सुरु गरिनेछ’, पोखरेलले भने, ‘यसका लागि मोटामोटी तयारी पूरा भएको छ ।’ टोली सदस्य सुरेन सापकोटाका अनुसार स्थानीय समुदायका मानिसले बोलेको भाषा रेकर्ड गरिनेछ र सूक्ष्म रूपमा अध्ययन गरिनेछ ।

रेकर्ड गरिएको भाषाको व्याकरण र शब्दकोश बनाएर विस्तृत अध्ययन गरिनेछ । भाषा अध्ययनबाट भाषाको अवस्था र दर्जा पत्ता लगाइनेछ । त्यस्तै, वृद्धवृद्धा, युवा, महिला, पुरुष र बालबालिकाले आफ्नो मातृभाषा बोल्ने तरिकाको पनि अध्ययन गरिने पोखरेलले बताए । ‘बेग्लाबेग्लै भाषा बोल्नेले परस्परमा कुनकुन भाषालाई माध्यम बनाउँछन्, त्यसको पनि अध्ययन गरिनेछ,’ पोखरेलले भने । एक व्यक्तिले कतिवटा भाषा बोल्न जान्दछ, मातृभाषा कसरी बोल्छ भन्नेबारे सर्वेक्षण गरिनेछ ।

भाषा सर्वेक्षणका लागि भाषाविद् टोली चार समूहमा विभाजन भएर समुदायमा पुग्नेछ । जनगणनाअनुसार झापामा विभिन्न ४२ वटा भाषा बोलिन्छ । टोलीले नेपालीका अतिरिक्त, मैथिली, हिन्दी, राजवंशी, गनगाई, मेचे, धिमाल, खडिया, सादरी, करुवा सन्थाललगायतका भाषाको स्थिति जाँच्ने पोखरेलले जानकारी दिए ।

मातृभाषाप्रतिको दृष्टिकोण, मातृभाषामा बनेका फिल्म, प्रकाशित पत्रपत्रिका, पाठ्यपुस्तकबाट भाषाको सबलीकृत अवस्था पत्ता लगाइनेछ । केही वर्षअघि पत्ता लागेको वनकरिया भाषाबारे पनि यथार्थ बुझिने पनि पोखरेलले बताए ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: