मोरङमा ७ मा काँग्रेस, ५ मा फोरम र कन्चनपुर ४ मा माओवादी विजयी

                         संविधानसभा उपनिर्वाचनको प्राप्त पछिल्लो परिणाम अनुसार मोरङ क्षेत्र न.७ मा नेपाली काँग्रेसका शेखर कोइराला विजयी भएका छन् । यसअघि मोरङ ५मा मधेशी जनअधिकार फोरमका उम्मेदवार जयराम यादव तथा कन्चनपुर क्षेत्र न.४ मा एकीकृत माओवादीका हरिश ठक्कुला विजयी भएका छन् । मतगणना जारी रहेको धनुषा क्षेत्र न.५ मा एमाले उम्मेदवार रघुवीर महासेठ लाई तमलोपा श्रीकृष्ण यादवले केही बेर देखि पछाडि पारेका छन् ।

 

 

कास्कीको १ को मतगणना शनिबार बिहान ९ बजेबाट सुरु भएको छ भने रोल्पा क्षेत्र न.२ को मतपेटिकाहरु संकलन गर्ने कार्य जारी रहेकाले अपरान्हपछि मात्र मतगणना सुरु हुने भएको छ । 

मतगणना परिणाम अनुसार मोरङ ७ मा काँग्रेसका कोइरालाले १२ हजार ७१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी फोरमका चुमनारायण तवदारले ११ हजार ३ सय ७९,एकीकृत माओवादीका विजय विश्वासले ७ हजार ३ सय १० तथा एमाले विनोद ढकालले ६ हजार  ३५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा गतवर्षको निर्वाचनमा कोइराला फोरमका विजय गच्छदारबाट पराजित भएका थिए । 

मोरङ ५ मा फोरमका यादव १३ हजार ८ सय ११ मत ल्याई विजयी भएका छन् । यादव फोरमका जिल्ल्ाा अध्यक्ष पनि हुन् । उनका प्रतिद्वन्दी एकीकृत माओवादीका जिल्ला ईन्चार्ज शिवकुमार मण्डलले ९ हजार १ सय १,काँग्रेसका जगन्नाथ सिंहले ५ हजार ५ सय ४४,एमालेका जीवन घिमिरेले ३ हजार ५ सय ८६ तथा तमलोपाका उमेश गिरीले २ हजार ८ सय १ मत प्राप्त गरेका छन् । गतवर्ष सम्पन्न संविधानसभा निर्वाचनमा उक्त क्षेत्रबाट फोरम अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए । 

कन्चनपुर ४ मा ठक्कुलाले १० हजार ७ सय ८२ मत प्राप्त गरेका छन् । प्रतिद्वन्दी नेपाली काँग्रेसका यज्ञराज जोशीले ९ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । एमालेका नीरुदेवी पालले ५ हजार ५ सय ३९ मत प्राप्त गरेकी छन् । गतवर्ष यस क्षेत्रबाट चुनाव लडेका ठक्कुला नेपाली काँग्रेसका शेरबहादुर देउवा बाट पराजित भएका थिए । 

अपरान्ह १ बजेसम्म धनुषा ५ मा एमालेका  महासेठले ९ हजार ९९ , तमलोपाका यादवले ९ हजार ५ सय ५९, काँग्रेसका चन्द्रमोहन यादवले ५ हजार ५० मत प्राप्त गरेका छन् । त्यहाँ काँग्रेस, माओवादी,तमलोपा, फोरम, सदभावना लगायतका दलहरुले एमालेले निर्वाचनमा धांधली गरेको आरोप लगाउँदै मतगणना बहिष्कार गरेका छन् । 

कास्की १ मा बिहान ११ बजेसम्म काँग्रेसका दीपकबहादुर गुरुङले ४ हजार ८ सय ९०, माओवादीका कृष्णबहादुर गुरुङले ४ हजार ५ सय ६० र एमालेका शालिग्राम पौडेलले ४ हजार ३ सय ६१ मत प्राप्त गरेका छन् । 

    
Update
April 11, 2009 at 02:32
कास्कीमा माओवादी… संबिधानसभा उपनिर्वाचन अन्तर्गत कास्की क्षेत्र न १ मा माओवादी उम्मेदवार कृष्णबहादुर गुरुङ बिजयी भएका छन् भने धनुषा ५ मा एमालेका उम्मेदवार रधुबिर महासेठ बिजयी भएका छन् ।
महासेठले १३२३० मत प्राप्त गरी बिजयी भएका हुन् । यस्तै उनका निकटतम प्रतिद्धन्दी तमलोपाका श्रीकृष्ण यादबले १२१८९ मत प्राप्त गरेका छन् ।
गुरुङले १२१०६ मत पाएका छन भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपक गुरुङले ११८१० मत पाएका छन् । यस्तै एमालेका उम्मेदवार सालिकराम पौडेलले १०९९६ मत पाएर तेस्रो स्थानमा रहेका छन् ।ब्रह्मरुपा मावि ‘ख’ बुथमा कांग्रेसको ‘सून्य’ भोट आएपछि बिचमा केहीवेर मतगणना स्थगित भएको थियो ।आफुले एक भोटपनि नपाएको भन्दै नेपाली कांग्रेसले गरेको बिरोधका कारण स्थगित मतगणना अपारान्ह साढे दुईबजेवाट सुचारु भएको छ । मेसिनमा खसेको ३१० मतमध्ये एकीकृत नेकपा माओवादीले २६०, एमालेले ३ र कांग्रेसले सून्य भोट पाएका छन् । सो बुथमा ४७९ मतदाता रहेको बताइएको छ ।

रोल्पामा मतगणना सुरु हुन सकेन्
यता माओवादी अध्यक्ष प्रचण्डले छाडेको रोल्पा क्षेत्र न २ मा एमालेको बिरोधका कारण मतगणना सुरु हुन सकेको छ सवै बिद्युतीय मतपत्र सदरमुकाम ल्याएर तयारी पुरा गरिएको भएपनि एमाले र कांग्रेसको बिरोधका कारण गणना सुरु हुन नसकेको हो । आफ्ना जिल्ला कमिटि सचिव शान्तकुमार ओलीलाई माओवादी कार्यकर्ताले कुटपिट गरेको र मतदानका क्रममा धाँधली भएको भन्दै एमालेले पुन मतदानको माग गरेको छ ।एमालेको मागलाई कांग्रेसले पनि समर्थन गरेपछि मतगणना सुरु हुने नहुने अन्यौल बढेको छ ।

  मोरङ ७ मा शेखर कोइराला बिजयी

 
Update
बिहान नौ बजे । चर्को प्रतिस्पर्धाका बिच मोरङ क्षेत्र न ७ मा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइराला बिजयी भएका छन् ।
कोइरालाले १२०७१ मत पाएका छन् भने उनका निकटमत प्रतिद्वन्दी मधेसी जनाधिकार फोरमका चुमनारायण तबदारले ११३७९ मत पाएका छन् । कोइरालाको मत तबदारको भन्दा ६९२ ले मात्र बढी हो ।यस्तै तेस्रो स्थानमा रहेका माओवादीका बिजय बिश्वासले ७३१० मत पाएका छन् ।संबिधानसभाको निर्वाचनमा मधेसी जनाधिकार फोरमका नेता बिजयकुमार गच्छेदारसंग पराजित शेखर कोइरालाले यसपटक बाजी मारेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाका भतिज तथा तत्कालीन माओवादी-सातदल बार्ताका मध्यस्तकर्ता कोइराला राजनीतिक जीवनमा पहिलोपटक निर्वाचित भएका छन् ।बिजयी भएपछि संचारकर्मीसंग कुरा गर्दै कोइरालाले आफ्नो जीतले लोकतन्त्रलाई बलियो बनाउने प्रतिक्रिया दिए । कोइरालाले जनमुखी संबिधान निर्माणमा आफु क्रियाशील हुने बताए ।
कन्चनपुर ४ मा माओवादी र मोरङ ५ मा फोरमहिजो सम्पन्न संबिधानसभाको उपनिर्वाचन अन्र्तगत मोरङ क्षेत्र न ५ मा मधेसी जनाधिकार फोरम र कञ्चनपुर ४ मा एकिकृत माओवादीका उम्मेदवार बिजयी भएका छन् ।मोरङ ५ मा फोरम उम्मेदवार जयराम यादव बिजयी भएका छन् । उनले १३ हजार ८ सय ११ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्दी एकिकृत नेकपा माओवादीका शिवकुमार मण्डलले ९१०० मत ल्याएका छन् ।सो क्षेत्रवाट संबिधानसभा निर्वाचनमा फोरम अध्यक्ष उपेन्द्र यादवले जितेका थिए । जयराम यादव मोरङ जिल्ला अध्यक्ष समेत हुन् ।यस्तै संबिधानसभा निर्वाचन नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले जितेको कन्चनपुर क्षेत्र न ४ मा एकिकृत माओवादीका हरि ठकुल्ला बिजयी भएका छन् । उनले १० हजार ७ सय ८२ मत पाएका छन भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका यज्ञराज जोशीले ९९९४ मत पाएका छन् । संबिधानसभा निर्वाचनमा ठकुल्ला देउवासंग पराजीत भएका थिए ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: