नेपालमा महंगीको मार

                             विश्वमा अन्यत्र बस्तुको मूल्यमा कमी देखिए पनि नेपालमा भने बजार भाउ चर्को छ संसारभर फैलिएको वित्तिय संकटका कारण चारैतिर महंगी घटिरहेको बेला नेपालमा भने दिन दुई गुना रात चारगुनाको दरले महंगी बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्याँकले देखाएको छ। नेपालको सबैभन्दा ठूलो व्यापारीक साझेदार भारतमा हालैको दिनमा महंगीको वृद्धि दर शून्यको हाराहारीमा पुगेको बेला यहाँ भने चौध प्रतिशतले बढिरहेको छ। संधै भारतको अर्थतन्त्रको दिशालाई पछ्याउने गरेकोले नै होला भारतले हाछ्युँ गरेमा नेपाललाई रुघालाग्ने यहाँका अर्थविदहरुले वताउने गरेका छन्। तर यसपाली भारतको महंगी दर घटेर शून्यको नजिक पुगिसक्दासमेत यहाँको महंगी टसको मस भएको छैन। बरु झन् झन् बढिरहेको छ। चिन्ता मुद्रास्फिति नियन्त्रण गर्ने मुख्य जिम्मा पाएको नेपाल राष्ट्र बैंकले महंगी बेलगाम बन्नुमा बन्द हड्तालका कारण अस्तव्यस्त बाटोघाटोलाई देखाउने गरेको छ। गभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, “मूल्य नघट्नु हाम्रो सर्वाधिक चिन्ताको विषय बनेको छ। मूल्यलाई निश्चित सीमाभित्र राख्न नसकिएको हाम्रो अवस्था छ।“ क्षेत्रीका भनाईसंग सहमत देखिएका आपूर्ति मन्त्रालयका अधिकारीहरु भने भारतमा जस्तै महंगी घट्नेमा अझै आशावादी छन्। आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाका अनुसार यातायातमा आएको कठिनाईका कारण मूल्य जति घट्नुपर्ने हो त्यति नघटेको हुन सक्छ। “तर भारतमा मूल्य घटेपछि त्यसको प्रभाव यहाँ पनि परिहाल्छ,” उनले भने। तर महंगी नघट्नुमा अधिकारीहरुले दावी गरेजस्तै केवल बन्द हड्तालमात्र जिम्मेवार नभएको कतिपय अर्थविदहरुको भनाई छ। उनीहरु भाउ सस्तो नहुनुमा व्यापारीहरुको मिलोमतोलाई दोषी ठान्छन्। अर्थविद डा. पुष्पराज राजकर्णिकार प्रतिस्पर्धाको अभावमा बजारको प्रभावले असर नपारेको वताउँछन्। “यहाँ प्रतिस्पर्धालाई अनेक तरीकाले रोकिएको छ। हालको एउटा उदाहरण हेर्नुहोस पेट्रोल ढुवानीमा प्रतिस्पर्धा गराउन खोज्दा नयाँ ट्याङ्कर ल्याउन दिइएको छैन। यसरी मिलोमतो गरेर भाउ नघटाउने पनि देखिएको छ,” उनको भनाई छ। सरकार बन्द हडताल तथा व्यापारीहरुको साँठगाँठजस्ता समस्या समाधान गर्न सरकारले चाहिं के गरिरहेको छ त? आपूर्ति सचिव ओझा भन्छन्, – “सरकारले राजमार्ग बन्द गर्न नदिने प्रयास गरिरहेको छ। साथै चामल, चिनी, मैदा, सुजी जस्ता अत्यावश्यक वस्तुहरु सरकारी सुपथ पसलहरुको माध्यमबाट बेच्ने काम पनि भइरहेको छ।“ केहि महिना अगाडिदेखि शुरु भएको विश्व आर्थिक संकटका कारण नेपालको रेमिट्यान्स तथा पर्यटनजस्ता क्षेत्रमा नराम्रो प्रभाव पार्न थालिसकेको अधिकारीहरुले वताइरहेका छन्। संकटका बेफाइदाहरु तुरुन्तै देखापरेको नेपालमा संकटबाट महंगी घट्ने फाइदाको भने अत्तोपत्तो छैन।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: