नेवा: जागरण मन्च जापानद्वारा जापान भ्रमणमा आउनु भएका नेताहरुलाई ज्ञापन पत्र

nepalipress78302621From limbu sansar

नेवा: जागरण मन्च जापानद्वारा जापान भ्रमणमा आउनु भएका नेताहरुलाई धदिङको बैरेनी र कल्लेरी गाबिसलाई जोडने झोलुङे पुल निर्माण सम्बन्धी ज्ञापन पत्र हस्तान्तरण टोक्योकृष्ण बदन जोशी ने स ११२९ अप्रिल , ३ नेपाली जन प्रगतिशिल मोर्चा जापानको दोस्रो अधिबेसन र जन सम्पर्क समिती जापानको तेस्रो अधिबेसनको लागि जापान भ्रमणमा आउनु नेपाली नेताहरुलाई नेवा: जागरण मन्च जापानले ज्ञापन पत्र हस्तान्तरण गरेको छ । जापान आउनु भएका एकिकृत माओवादीका सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख मोहन बैद्य (किरण ),बिदेश बिभाग प्रमुख सिपी गजुरेल (गौरव ),जनसेना इन्चार्ज वर्षामान पुन (अनन्त ) त्यस्तै नेपाली कांग्रेसका उप सभापति तथा पुर्व उप प्रधानमन्त्री राम चन्द्र पौडेल ,केन्द्रीय सद्स्य डा प्रकाश शरण महत ,केन्द्रीय सदस्य तथा सभासद अर्जुन प्रशाद जोशी ,सभासद मोहन पाण्डेको सम्मानमा गत आइतवार दिइएको संयुक्त भोज तथा अन्तर्क्रियामा उक्त ज्ञापनपत्र दिइएको हो । nepalipress7830262उक्त कार्यक्रममा नेवा: जागरण मन्च जापानका अध्यक्ष सुनिलकुमार शाक्यले धदिङको बैरेनी विहानी पम्प गजुरी गाविस २ न‍ वडावाट खरमटार कुम्पुर ४ जाने टि्वन यात्रीहरु धेरै जसोको दुर्घटनामा औंला कात्ने र ज्यान समेत जाने कुरा अन लाइन पत्रीका freenepal.com.np मार्फत थाहा पाएको र हाल सम्म त्यस ठाउँका बासिन्दाहरु नदी तर्ने क्रममा तुइनले च्यापेर ८४ जनाको औला गुमेको र सोही तुइनका कारण चार जनाको ज्यान गई , चार जना नदिमा पौडिएर बाँच्न सफल भएको कुरा थाहा पाउँदा मन्चलाई अत्यन्त दुखित बनाएको र यस समस्यालाई समाधान गर्न झोलुङे पुल निर्माणको लागि मन्चले अग्रसर भई लाग्न लागेको कुरा बताउनु भएको छ / nepalipress7830251तर यस सानो संस्थाले सबै रकम जुटाउन असम्भब भएको हुनाले सबन्धित गा बि स तथा गा बि स का बासिन्दाहरु ,नेपाल सरकार ,जापानका नेपाली संघ संस्थाहरु , जापानीहरु तथा संसार का सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिहरुलाई यसै ज्ञापन पत्र मार्फत सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दै सम्पूर्ण वरिष्ठ नेताहरुलाई ज्ञापन पत्र हस्तान्तरण गरिएको छ । साथै उक्त पत्रको एक एक प्रति जापान स्थित नेपाल राजदूताबासका महामहिम राजदुत डा. गणेश योन्जन तामाङ, एनआरएन जापानका अध्यक्ष भबन भट्त , एनआरएन आइसीसी उपाध्यक्ष देवमान हिराचन तथा बिभिन्न राजनीतिक दलका प्रतिनिधि र बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुलाई बुझाईएको थियो । बिस्त्रित जानकारीको लागि newajagaranmancha@gmail.com मा संपर्क गर्न अनुरोध गरिएकोछ

/ http://newajagaranmancha.blogsome.com/

ज्ञापन पत्रको बिस्त्रित बिवरण:

ज्ञापन पत्र

विषयः धदिङको बैरेनी र कल्लेरी गाबिसलाई जोडने झोलुङे पुल निर्माण सम्बन्धी

महोदय,

नेवा:जागरण मन्च जापान पीडितहरुको अधिकार सुनिस्चित गर्नको लागि आवाज उठाउनुका साथ साथै नेपालको समस्याहरुलाई समाधान तथा नेपालमा शीप मुलक तालिम दिने उद्वेस्यले गत बर्ष सेप्टेम्बर १३ तारेखमा जापान शाखा गठन भएको हो/ मन्च गठन पस्चात हामीले हाउस वायरिङ्ग तालिम र धुप बनाउने तालिम दिइ सकेका छौ / यो क्रम जारी छ / यसै सिलसिलामा हामीले धदिङको बैरेनी र कल्लेरी गाबिसलाई जोडने पुलको समस्या अन लाइन पत्रीका FNN मार्फत थाहा पायों / त्यस ठाउँका बासिन्दाहरु नदी तर्ने क्रममा तुइनले च्यापेर ८४ जनाको औला गुमेको छ भने सोही तुइनका कारण चार जनाको ज्यान गई सकेको र चार जना नदिमा पौडिएर बाँच्न सफल भएको छ / यस समस्याले हामीहरुलाई अती नै दुखित बनाएकोले झोलुङे पुल निर्माण गर्ने कुरा सोचेका छौं /तर यस सानो संस्थाले सबै रकम जुटाउन असम्भब छ/यसैले सम्बन्धित गा बि स का बासिन्दाहरु ,नेपाल सरकार ,जापानका नेपाली संघ संस्थाहरु , जापानीहरु तथा संसार का सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनिहरुलाई यसै ज्ञापन पत्र मार्फत सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ / हजुरहरुले पनि नेपाल र नेपालीहरुको समस्यालाई हृदय देखी नै बुझी दिइ यस समस्यालाई समाधान गर्न अवस्य पनि सहयोग गर्नु हुनेछ भन्ने ठुलो आशा लिएका छौ

नेवा: जागरण मन्च जापान

प्रमुख

सुनिल कुमार शाक्य

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: