आफनै कारण निचोरिएको नेपाल

from news of nepal

(प्रदीप नेपाल) उहिले हामी सानै छँदा गाउने गरेको एउटा गीतको टुक्रो अहिले पनि सम्झनामा छ- सुस्ता पनि हाम्रै हो, महेशपुर पनि हाम्रै हो … ।

अहिले त नेपाली गीत संगीतको क्षेत्रमा न सुस्ताको गीत गाइन्छ, न त नौ लाख तारा उदाए नै । मुलुक भारतवेष्टित छ । नेपालको राजनीति पनि लामो समयदेखि भारतवेष्टित नै छ ।

बोल्न डराउनेहरू भन्छन्- दिल्लीको सोचका विरोध नेपालमा कुनै पार्टी, कुनै शासकले केही गर्न सक्दैन । तत्काल फल प्राप्ति नहोला, तर आफनो सम्पत्तिको बारेमा बोल्न डराउने हो भने नेपालको जुनकुनै शासकलाई पनि लेन्डुप दोर्जे हुने

अधिकार छ, भुटानका जिग्मे नामग्याल हुने अधिकार छ ।
ठूला पार्टीले आफनो मातृभूमिको अधिकारका बारेमा बोल्नै हुँदैन भनेर कुनै अन्तर्राष्ट्रिय कानूनमा लेखिएको छैन । भारतले हामीलाई तीनतिरबाट घेरेको छ, त्यसले हाम्रो मुलुकमा बाटो बनाइदिएको छ, एकाध जलविद्युत् गृह पनि बनाइदिएको छ, गाउँ-गाउँमा विद्यालय भवनहरू पनि निर्माण गरिदिएको छ । यी राम्रा काम हुन् । एउटा साथीको, सहयोगीको दायित्वबोध गराउने काम हुन् । यस्ता सहयोगात्मक कामलाई हामी नेपालीले बिर्सिनु भनेको नै कृतघ्नता हो ।

तर सिक्काको अर्को पाटो उत्तिकै कुरूप पनि छ । भारतभित्र एउटा प्रभुत्ववादी मानसिकता छ- यो राजनीतिक कुरो भयो । विशेष गरेर दक्षिण एशियामा आफनो अहम्का विपक्षमा कोही उभिन नसकून् भन्ने मान्यता भारत देशको शासकीय मान्यता हो । आफनो अहम्कै कारण भारत यतिबेला छिमेकी राष्ट्रहरूका आँखामा पीडक मुलुक भएको छ ।

कालापानी नेपालको भूमि हो भन्ने सच्चाइमा कसैको विमति हुनु हुँदैन । नेपालको त्यो भूगोल भारत-चीन युद्धको शिकार भएरै भारततिर बलात् सारिएको हो । त्यतिबेलाका नेपालका राजा महेन्द्रले प्रजातन्त्रको हत्या गर्ने काममा भारतको सहयोग लिन कालापानीमा भारतीय हस्तक्षेप स्वीकार गरेको तथ्य पनि यतिबेला घामजस्तै र्छलङ्ग भइसकेको छ ।

यति मात्र होइन, अहिले नेपालमा कुनै राजाको शासन बाँकी छैन र नेपालका सबै राजनीतिक दलले कालापानीलाई आफनो भूभाग मान्दै आएका छन् । यसका साथै हिजो भारत र चीनबीचको सम्बन्ध चिसो थियो, युद्धग्रस्त थियो । अहिलेको विश्वराजनीतिको समीकरण त्यस्तो पनि छैन । भारत र चीनको सम्बन्ध उहिलेको भारत-चीन भाइ-भाइजस्तो भइसकेको छ ।

यस्तो अवस्थामा चीनसँगको युद्धको सर्न्दर्भमा भारतले मागेको र नेपालका राजाले दिएको नेपाली भूमि नेपालीले फिर्ता लिनु पनि तर्कसँगत देखिन्छ । नेपालको सरकार भारतसँग बोल्न डराउने र भारतीय शासकहरू त्यही डरलाई बन्धकी राखेर हाम्रो भूमिमाथि राज गरिरहने हो भने मुलुकको मानसिकता विस्फोटतिर जाँदैन भनेर कसैले भन्न सक्दैन ।

००७ सालको दिल्ली सम्झौताको प्रजातन्त्रले उठाउन नसकेको बृहत् नेपाल -ग्रेटर नेपाल) २०४६ सालको जनआन्दोलनदेखि नेपाली छलफलको कार्यसूचीमा परेको छ । हामीलाई भन्दा राम्रो जानकारी भारतीय नेताहरूलाई नै छ- पाकिस्तान कुनै ठूलो जनआन्दोलनबाट जन्मिएको होइन, त्यो लन्डनको एउटा सानो रेस्टुराँमा जन्मिएको हो भन्ने सत्य । रेस्टुराँको एउटा सानो कार्यक्रममा जन्माइएको पाकिस्तान शब्दले भारतलाई छिन्नभिन्न नै बनाइदियो ।

यतिबेला त्यस्तो परिस्थिति छैन भनेर उम्किन सकिन्छ । तर सधैँ एउटै परिस्थिति रहिरहँदैन । भारतको यस्तै पेलाहा व्यवहार लगातार जारी रहिर³यो भने स्वाभाविक छ अहिले हजारको मुखबाट निस्किएको बृहत्तर नेपाल भोलि लाखमा पुग्नेछ र पर्सि त्यो करोडको आवाज बन्नेछ । आवाजले बृहत्तर नेपाल नबन्ला, तर त्यसले भारतको कष्टलाई अहिलेभन्दा नमीठो गरी दुखाउन थाल्नेछ । भारतबाट साह्रै पेलिएका नेपालीहरू सहयोगका लागि सम्पूर्ण्तामै चीनतिर फर्किन बाध्य हुनेछन् । अहिले विस्तारै परिवर्तित हुन थालेका सम्बन्धहरू त्यो परिस्थितिको भ्रूण बन्न सक्दैनन् भनेर कुनै पनि अन्तर्राष्ट्रिय सम्बन्धविद्हरूले ठोकुवा गर्न सक्दैनन् ।

भारत, ज्यान ठूलो चित्तचाहिँ सानो भएको मुलुक रहेछ । नेपालभन्दा ४० गुना ठूलो त्यो मुलुकलाई नेपालको सीमा क्षेत्रमा १०० वर्गमिटर जमीन कब्जा गर्न कस्तो लाज नलागेको होला þ अतिचारको पनि हद हुन्छ । अतिचारको पनि एउटा सीमा हुन्छ । त्यो सीमालाई काट्ने कामले स्वयम् भारतलाई राम्रो गर्दैन भन्ने त्यहाँका पेलाहा दिमाग भएकाहरूलाई थाहा हुनुपर्ने हो ।

नेपालीहरू दानी छन्- भारतले यति बुझ्नुपर्छ । तिनले पहिले पश्चिममा महाकालीदेखि सतलजसम्मको भूभाग बेलायतीहरूलाई दान दिए भने पर्ूवमा मेचीदेखि टिष्टासम्मको भाग पनि बेलायती साम्राज्यवादलाई दान दिए । अहिले कालापानी र सुस्ताको विशाल भूभागलाई पनि भारतले यस्तै दानमा दिन्छन् भन्ने सोचेको छ भने त्यसलाई थाहा हुनुपर्छ- यो १८१६ को याम होइन, यो भने विश्व नै एउटा सानो डालोमा हालिएको २१आँै शताब्दी हो । हाम्रा पितापुखाहरू महान् दानी थिए ।

त्यसैले तिनले सित्तैमा आफना बलिया बाङ्गा सन्तान पनि दक्षिणलाई दानमा सुम्पिए । तर अहिलेका नेपाली त्यस्ता दानी छैनन् । त्यसका दुइटा उदाहरण भारतीय पिराहा शासकले देखिसकेका छन् । पहिलो उदाहरण हो- गेसोले बेलायती थिचोमिचोका विरुद्धमा गरेको आन्दोलन र प्राप्त गरेको उपलब्धि आजभन्दा ७० वर्षघि कसैको दिमागमा आउन सकेको थिएन ।

त्यस्तै झन्डै २ सय वर्षम्म नेपालको भूमि लुटिएको विरुद्धमा आवाज पनि उठेको थिएन । सन् १९६० को दशकले नेपाली राष्ट्रियतामा एउटा आयाम थप्यो । तत्कालीन राजाले कालापानी भारतलाई बुझाएर राष्ट्रवादको गर्न्दर्भगान गाए भने, युवा विद्यार्थीहरूले सुस्ता पनि हाम्रै हो, महेशपुर पनि हाम्रै भन्ने नाद ठोकेर नेपाली युवापुस्ताको चेतनालाई प्रतिविम्बित गरे ।

भारतसँग युद्ध लडेर हामी विजय प्राप्त गर्न सक्दैनौँ भन्ने सत्य सबै नेपालीलाई थाहा छ र युद्ध हाम्रो चाहना होइन । तर देखादेखी लुटिएको कालापानी र लिम्पियाधुरा तथा हामीले गीतमा गाउने गरेको सुस्ताको १४ हजार हेक्टर जमीनलाई पनि हामी हातमा आचमनी लिएर भारतलाई बुझाउन सक्दैनौँ ।

नेपाल सरकार भारतपरस्त छ भनेर भारतीय सरकारले ढुक्क नहुनु पनि बेश होला । कालापानीको सत्य पनि पञ्चायती शासकहरूले लुकाएकै थिए र अहिले सुस्तामाथिको आक्रमणको नक्सालाई पनि वर्तमान ँलोकतान्त्रिक गणतन्त्र’ नामधारी शासकहरूले लुकाएकै छन् । तर सत्यलाई सधैँ कसले छोप्न सकेको छ र!

बेलैमा भारतले बुद्धि पुर्याएर सोचोस् र नेपाली जनमतलाई ठेलेर हिमालपारि पुर्याउने दुष्कर्म नगरोस् । अहिले त यत्ति शुभकामना मात्र दिन सकिन्छ । भविष्यमा के हुन्छ अहिले नै भनिहाल्नु हुँदैन । नेपालको इतिहासमा सबैभन्दा पहिले कम्युनिस्ट पार्टी प्रधानमन्त्रीले ‘नेपाल कसैको सुरक्षा छातामा बस्दैन’ तथा ‘नेपाल १९५० को सन्धिको पुनरवलोकन र संशोधन चाहन्छ’ भनेर १५ वर्षहिले दिल्लीमै घोषणा गर्नुभएको थियो ।

त्यही आवाजलाई थोरथार संशोधनसहित अहिलेको सरकारले पनि बोकिराखेकै छ । जहाँसम्म जनताको कुरो हो- त्यो त क्रमैसँग ग्रेटर नेपालको मागतिर आकषिर्त हुँदै गइरहेछ । मित्रता एउटाले हात बढाउने कामबाट मात्र सम्भव हुँदैन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: